जेठ - नेपालमा पश्चिमाहरुको अनुदान प्राप्त केही संस्था र व्यक्तिहरुले निर्वाचन विरोधी वातावरण निर्माण गर्न भूमिका खेलेको भन्ने भनाइ आएको केही दिनमै पूर्व प्रधानमन्त्री तथा एनेकपा माओवादीका उपाध्यक्ष डा. बावुराम भट्टराई र बेलायती राजदुतबीच भेटवार्ता भएको छ। भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।बेलायती राजदुत एण्डी स्पार्कसले आज बिहान भट्टराई निवास ललितपुरको सानेपामा भेट गरेका हुन्। भेटको क्रममा भट्टराईले पश्चिमा राष्ट्रहरुको अनुदान प्राप्त केही गैह्र सरकारी संघसंस्थाहरु संविधानसभाको निर्वाचन भाड्ने खेलमा लागेको बताए । उपाध्यक्ष भट्टराइले राजदुत एण्डीलाई यस्ता संघ संस्थाका गलत क्रियाकलापहरु प्रति सचेत रहन आग्रह गरेका थिए। संविधानसभाको लागि अन्तर्राष्ट्रिय निकायको सकारात्मक सहयोगको आवश्यकता रहेको पनि भट्टराईले उक्त भेटमा बताएका थिए।
यसैगरी भेटमा भट्टराईले माओवादीले संविधानसभाको चुनाव छिटो भन्दा छिटो होस भनेर नै सरकार छाडेको बताए। उपाध्यक्ष भट्टराईले आउँदो मंसिरमा चुनाव गर्न सबै पक्षबाट अवरोध होइन सहयोगको अपेक्षा गरेको उल्लेख गरे।
यता राजदुत एण्डीले बेलायत लगायत युरोपेली युनियनले नेपालमा राजनीतिक स्थायीत्व चाहेको बताए। 'युरोपेली युनियन नेपालमा संविधानभासको निर्वाचन समयमै सम्पन्न होस् भन्ने चाहन्छ, चुनाव समयमै सम्पन्न गर्न नेपाललाई आफ्नो तर्फबाट आवश्यक पर्ने सहयोग गर्न सधै तयार छ,' राजदूतको भनाइ उल्लेख गर्दै भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए ।