काठमाडौं— राष्ट्रपति रामवरण यादव र नेपाली कांग्रेसका सभापति सुशील कोइरालाबीच राष्ट्रपति कार्यालय सितल निवासमा छलफल भएको छ। दलहरुबीचको असहमतिले संविधानसभा निर्वाचनको मिति घोषणामा भइरहेको ढिलाइ, असन्तुष्ट दलहरुलाई कसरी सहमति गरेर निर्वाचनमा सहभागी गराउनेलगायतका विषयमा कुराकानी भएको बुझिएको छ।भेटका क्रममा काँग्रेस सभापति कोइरालाले निर्वाचनप्रति असन्तुष्ट रहेका दलहरुलाई सहमतिमा ल्याउनका लागि पहल गर्न राष्ट्रपतिलाई आग्रह गरेको कोइरालाका सहयोगी लक्ष्मण ढकालले जानकारी दिए।
राष्ट्रपति यादवले निर्वाचनसम्बन्धी असन्तुष्ट दलहरुलाई सहमतिको मार्गमा ल्याउन छलफल र परामर्श गरिरहेको बताउँदै निर्वाचनका विवादित विषयमा प्रमुख दलहरुबीच भइरहेको असहमतिप्रति ध्यानाकर्षण गराउँदै चाँडो सहमतिमा पुग्न आग्रह गरेका थिए।
जवाफमा काँग्रेस सभापति कोइरालाले संविधानका विवादित विषयमा दलहरु वार्ता र परामर्शमा रहेकाले चाँडै सहमति हुने आश्वस्त पारेका थिए। रासस