विराटनगर — एमालेका वरिष्ठ नेता केपी शर्मा ओली र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले निर्वाचन बारे उस्तै अभिव्यक्ति दिएका छन्। त्यो पनि एकै ठाउँमा। विराटनगरबाट फर्किने क्रममा हिजो साँझ गच्छदारले राजनीतिक समितिको आगामी बैठकमा सबै विवादित विषय सुल्झिने बताएका थिए। आज विराटनगर विमानस्थलमा ओलीले भने- '२४ गतेको बैठकले सबै विवादित विषयमा सहमति गर्छ र मंसिरमा चुनाव हुन्छ।'
मङ्सिरमा जसरी पनि संविधानसभाको निर्वाचन हुने दाबी गर्दै ओलीले भने, 'उच्चस्तरीय राजनीतिक संयन्त्रले जेठ २४ मा निर्वाचन ऐनको विवादित विषयमा सहमति कायम गर्ने र त्यसपछि निर्वाचन अध्यादेश जारी भई मङ्सिरमा निर्वाचन हुनेछ।'
उनले निर्वाचन हुन नदिन विभिन्न स्वदेशी र विदेशी शक्ति क्रियाशील रहे पनि वर्तमान सरकारले मङ्सिरमा निर्वाचन गराउनेमा आफू विश्वस्त बताए। विगतमा एमाओवादीले ११ बुँदे राजनीतिक सहमति र २५ बुँदे बाधा अड्काउ फुकाउ आदेशमा सहमति गर्न तीन महिना लागेको कारण नै निर्वाचन ऐनमा सहमति हुन नसकेको हो ओलीको आरोप थियो।
एक प्रश्नको जवाफमा नेता ओलीले 'थ्रेसहोल्ड' नराख्ने हो भने नेपालमा च्याउ उम्रे जस्तै दलहरु जन्मदै जाने भएकाले राजनीतिक दलहरुलाई जनतामा जान 'थ्रेसहोल्ड' आवश्यक भएको बताए। नेता ओलीले कुनै एक दल निर्वाचनमा भाग नलिएमा देशलाई अनिर्णयको बन्दी बनाउन नसकिने बताउँदै त्यस्ता दल आफैँ पाखा लाग्ने धारणा राखे।
हिजो के भनेका थिए गच्छदारले ?
'२४ गतेको बैठकले थ्रेसहोल्डमा सहमति गरी चुनाव मिति घोषणाको गर्छ'