स्ववियु चुनाव माग्दै विद्यार्थी तोडफोडमा
२० जेष्ठ २०७०
•
६ मिनेट पाठ
स्ववियु चुनाव माग्दै विद्यार्थी तोडफोडमा
काठमाडौं - चार वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव स्थगित गराएका विद्यार्थी संगठन फेरि चुनाव माग्दै तोडफोडमा ओर्लिएका छन् । विद्यार्थी संगठनबीच अन्तर्द्वन्द्व चर्केपछि उनीहरुकै सहमतिमा त्रिभुवन विश्वविद्यालयले जेठ २३ मा पूर्वघोषित स्ववियु चुनाव अनिश्चितकाललाई स्थगन गरेको थियो। विद्यार्थी संगठनहरू चुनाव जित्न अतिरिक्त भर्ना र तालाबन्दीको होडमा उत्रिएपछि हुनै नसक्ने परिस्थिति उत्पन्न भएको थियो। स्थगनमा स्वयं जिम्मेवार हुँदाहुँदै उनीहरूले दैनिक जनजिवनमा असर पार्ने गरी आन्दोलन थालेका हुन्।कार्यालय समयमा घन्टौं चक्काजाम र सरकारी सवारीसाधन तोडफोड गर्न थालेका छन्। 
किन स्थगन गरियो चुनाव? आन्दोलन किन भइरहेको छ? वर्षायामको सुरुमा त्रिविको क्यालेन्डर धकेलेर निर्धारित चुनाव स्थगन गरिएको अवस्थामा तत्काल पुनः कसरी गर्ने? विद्यार्थी संगठनहरूको यता ध्यान गएको देखिँदैन। चुनाव स्थगनको विषय आन्दोलनको मुद्दा हो/होइन भन्नेमा समेत विद्यार्थी संगठन विभाजित छन्।
चुनाव स्थगन, आन्दोलन, पुनः चुनावको मितिलगायत विषयमा अहिले सहमतिको 'नाटक' गर्दै संगठनका नेताहरू बैठक गरिरहेका छन्। विद्यार्थी संगठनहरूका आ–आफ्ना अडान यथावत छन्। सडक र बाहिरी प्रचारमा एक संगठनले अर्को संगठनलाई आरोप–प्रत्यारोप गरिरहेका छन्।
एकीकृत माओवादी भ्रातृसंगठन अखिल क्रान्तिकारीले कांग्रेस भ्रातृसंगठन नेविसंघ र एमाले अखिललाई, अखिल र नेविसंघले क्रान्तिकारीलाई चुनाव स्थगनको जिम्मेवार भन्दै आरोपको जुहारी खेलिरहेका छन्। नेविसंघले चुनावको मिति घोषणा गर्न माग गर्दै सरकारविरूद्ध आन्दोलन सुरु गरेको छ। सोमबार उसले त्रि–चन्द्र कलेजअगाडि डेढ घन्टा चक्काजाम गरी केही सरकारी गाडी तोडफोड गर्योम।
'केही संगठनको मूढेबलका आधारमा चुनाव स्थगन भयो। चुनावको मिति घोषणा गर्न हामीले आन्दोलन गरेका हौं,' नेविसंघका केन्द्रीय संयोजक रञ्जित कर्णले भने। चुनाव स्थगन हुनुमा स्वयं विद्यार्थी संगठन जिम्मेवार भएको उनले स्विकारे।
'तोडफोड, बन्द भनेर आन्दोलन गर्दैनौं। चुनाव घोषणा गर्न संयुक्त बैठक पनि भएका छन्। कसैले थर्काउँदैमा चुनाव रोक्नुभएन। देशमा के कानुनी राज्य छैन?' सोमबार तोडफोडमा उत्रेका नेविसंघका संयोजक स्वयं कर्णले नागरिकसँग प्रश्न गरे।
चुनाव स्थगन गर्ने निर्णयमा क्रान्तिकारीलाई समर्थन गरेको भन्दै नेविसंघका क्याम्पस इकाइहरुले कर्णको विरोध गरेपछि उनले संगठनलाई आन्दोलनमा उतारेका हुन्। स्थगन निर्णयलगत्तै नेविसंघ इकाइहरुले केन्द्रीय कार्यालय घेराउ गरेका थिए। 
तोडफोड, तालाबन्दीमा बढी नाम कमाएको अखिल क्रान्तिकारीले अहिले त्यस्तो आन्दोलन आवश्यक नरहेको जिकिर गर्योय। 'नेविसंघ र अखिलले चुनाव हुन दिएनन्। अहिले सहमतिको बैठक, सडक संघर्ष भनेर तोडफोड गर्नु नाटक हो,' अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले भने, 'वैधानिक निर्णयलाई मान्यता दिऔं। नेविसंघ र अखिल मिलेरै चुनावमा उठे हुन्छ। हामी चुनावी प्रक्रियामा भाग लिन्छौं भनेका छौं।' नेविसंघले वैधानिक कामलाई अवैधानिक भनेर खारेज गर्न माग गरेको उनले आरोप लगाए।
विद्यार्थी संगठनहरूकै कारण चुनाव स्थगन भएकोमा कसैको दुई मत नरहेको अखिलका संयोजक माधव ढुंगेलले स्विकारे। 'चुनावी प्रक्रिया सुरु हुने दिनको बिहानसम्म ताला लगाएपछि चुनाव स्थगन भएको हो। यसमा हामी विद्यार्थी संगठन नै जिम्मेवार छौं। सडकमा आन्दोलन गरेर जनतालाई दुःख दिने, तोडफोड कसका विरुद्ध गर्ने?,' ढुंगेलले भने।
परीक्षाको क्यालेन्डरलाई समेत पछि धकेलेर चुनावको मिति घोषणा गरिएको स्मरण गर्दै ढुंगेलले भने, 'चुनाव स्थगनसम्म पुर्याेउने ४/५ जना विद्यार्थी संगठनका नेतालाई कारबाही आन्दोलन थाल्नुपर्यो । होइन भने हामीले नै स्थगन गर्ने, कससँग मिति मागेर जनतालाई दुःख दिने?'
विद्यार्थी संगठन र त्रिविबीच वर्षाको सुरुआतमै चुनावी घोषणा मिति मुश्किलले मिलाइएको थियो। जेठ २३ गते चुनाव घोषणासँगै केही स्थगित भएका स्थानमा २५ देखि २७ सम्म पुनः गर्ने योजनासहित संगठन र त्रिविबीच सहमति भएको थियो। विद्यार्थी संगठनबीच त्रिवि प्रशासनले पटक–पटक वार्ता गरेको थियो। उनीहरूबीच सहमति नजुट्दा त्रिविले स्ववियु चुनाव स्थगित गरेको थियो।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस