काठमाडौं — पूर्व प्रधानमन्त्री तथा एमाओवादी उपाध्यक्ष बावुराम भट्टराईले उच्चस्तरिय राजनीतिक समितिको बैठकलाई 'कर्मकाण्ड'को संज्ञा दिएका छन्। समितिको बैठकपछि आइतबार ट्विट गर्दै उनले समिति बैठक 'निर्वाचन हुन नदिन आत्मघाती मार्गतर्फ गइरहेको बताएका हुन्।'उच्चस्तरिय राजनीतिक समितिको बैठकको कर्मकाण्डमा सहभागी भएर अहिले म लज्जा र असाहय बोध गरिरहेछु', ट्विट गर्दै उनले भनेका छन्- 'पुरानै रटान र निर्वाचन नगर्ने आत्मघाती मार्गतर्फ हिँडेको सुनिरहेछु।'
निर्वाचन मिति घोषणा गर्ने अपेक्षा गरिएको समिति बैठकमा विवादित विषयहरुमा सहमति जुट्न नसकेपछि भट्टराईको यस्तो अभिव्यक्ति आएको हो।
निर्वाचनको मिति घोषणा नगरी अन्य विषयमा अल्झन खोज्नु निर्वाचन टार्ने षड्यन्त्र हुन सक्ने बुझाइ भट्टराईको रहेको उनका सहयोगी विश्वदीप पाण्डेले बताए। भट्टराईलाई उदृत गर्दै पाण्डेले नागरिकन्युजसँग भने- 'यथाशीघ्र निर्वाचन मिति घोषणा गरेर जानुपर्ने धारणा उहाँको छ। मिति घोषणा गरेपछि मात्र निर्वाचनको वातावरण बन्ने र निर्वाचनका अप्ठेराहरु कहाँ छन् त्यसपछि फुकाउन सजिलो हुने बुझाइ उहाँको रहेको छ।'
आइतबार नयाँ वानेश्वरस्थित सेना समायोजन विशेष समितिको कार्यालयमा बसेको उच्चस्तरिय राजनीतिक समितिको बैठकले संविधानसभामा ४९१ सदस्य राख्ने टुंगो लगाएको थियो। समानुपातिकतर्फ चुनिन आवश्यक न्यूनतम मतको सीमा 'थ्रेस होल्ड', सम्पति विवरण बुझाउनु पर्ने, फौजदारी मुद्दा लगायतका विवादित विषयमा भने बैठकमा सहमति जुट्न सकेको थिएन।
भट्टराईको ट्विट जस्ताको तस्तै

I now feel ashamed&helpless attending the ritual of HLPC meeting, listening the same old rhetoric&walking down the suicidal path of no elctn
— Baburam Bhattarai (@brb_laaldhwoj) June 3, 2013