काठमाडौं— एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले दुई/दुईपटक सरकारको नेतृत्वमा पुगे पनि सत्ता सञ्चालन गर्र्न ढंग नपुगेको बताएका छन्। राष्ट्रिय उद्योग वाणिज्य महासंघले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष दाहालले माओवादीलाई बहुमत दिलाउन पनि आग्रह गरे।
'म सरकारमा हुँदा राज्य सञ्चालन गर्न ढंग पुगेन, बाबुरामजी सरकारमा हुँदा धेरै अप्ठयारा र व्यवधान आए,' अध्यक्ष दाहालले भने, 'त्यसबाट हामीले कसरी सत्ता सञ्चालन गर्ने भन्ने जान्यौं, त्यसैले अब माओवादीलाई दुई तिहाई बहुमत चाहिएको छ।' अध्यक्ष दाहालले पार्टी आर्थिक क्रान्तितर्फ नीतिगत रुपमै लागिसकेको बताए।
'हामीले महाधिवेशनबाटै उत्पादन र निमार्णका लागि संघर्ष भन्ने कार्यनीति पास गरेका छौं,' दाहालले भने, 'सर्वहारा पार्टी सर्वहारामामात्र सीमित हुनु भएन, आर्थिक प्रगति पनि गर्नुपर्योल भनेर सो नीति बनाएका हौं।' माओवादीले सर्वहारालाई धनी बनाउने सपना देखेको पनि अध्यक्ष दाहालले बताए। कृषि, जलस्रोत, पर्यटन र औधोगिकीकरणलाई माओवादीले आर्थिक विकासको मानेको दाहालको भनाइ छ।