काठमाडौं- नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले पुष्पकमल दाहाल नेतृत्व एनेकपा माओवादीसँग कुनै पनि अवस्थामा पार्टी एकता नहुने बताएका छन्। एकताको दाबी 'कू'प्रचार भएको उनले बताए।
'उहाँहरुसँग कुनै पनि मानेमा हाम्रो पार्टी एकता हुँदैन, यो क्लिएर हुनुहोस्,' वैद्यले भने, 'खाली एमाले कांग्रेस तर्साउनमात्रै पार्टी एकताको निरन्तर कूप्रचार गरिएको छ।' दुई पार्टी एकताका लागि कुनै छलफल नभएको र एमाओवादी नेताहरुले हौवामात्र पिटिरहेको उनको भनाइ छ।
'हामीबीच राजनीतिक र वैचारिक मुद्दाले पार्टी विभाजन भएको हो,' केन्द्रीय कार्यालय बुद्धनगरमा वैद्यले भने, 'जबसम्म उहाँहरुले हामीले गल्ती गर्यौ भन्दैनन्, तबसम्म पार्टी एकताका कुरा नै आउँदैन्।' पार्टी एकता हुने बिषयमा कुनै भ्रम नराख्न पनि वैद्यले आग्रह गरेका छन्।