काठमाडौँ- तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्ने मागसहित आमरण अनशन बसेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्य स्थिति खराब हुँदै गएपछि उनलाई वीर अस्पतालको आइसियुमा भर्ना गरिएको छ।महतो गत मंगलबारदेखि भोक हड्तालमा थिए।
अनशनकारी अध्यक्ष महतो डायबिटिज र उच्च रक्तचापको बिरामी छन्। महतोको रगतमा नुनको मात्रा कम भएको र पिसावमा एसिटोनको मात्र बढी देखिएपछि आइसियुमा भर्ना गरिएको चिकित्सकहरुले जनाएका छन्।