धनगढी- नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले राजनीतिक निकासका लागि चुनाव अपरिहार्य भएको बताएका छन्। नेपाल वित्तीय संस्था कर्मचारी सङ्घको पाँचौं केन्द्रीय भेलाको उद्घाटन गर्दै नेता देउवाले भने, “राजनीतिक स्थिरताका लागि संविधान आवश्यक छ, संविधान निर्माणका लागि संविधानसभा निर्वाचन आवश्यक छ।”
वि.सं. २०६४ को जटिल अवस्थामा पनि संविधान सभाको निर्वाचन सम्पन्न हुन सकेको दृष्टान्त दिँदै उनले चुनावका लागि अहिले सहज परिस्थिति रहेको बताए। “यस्तो सहज अवस्थामा पनि चुनाव हुन सक्दैन भनेर जनतामा भ्रम फैल्याउने काम गरिँदैछ,” उनले भने।
कार्यक्रममा केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, बद्री पाण्डे, ईश्वरी न्यौपानेलगायतका नेताले पनि बोलेका थिए। भेलामा देशभरबाट नेपाल वित्तीय संस्था कर्मचारी सङ्घमा आबद्ध झण्डै ६०० जना सहभागी रहेको क्षेत्रीय अध्यक्ष लोकराज ओझाले बताए। रासस