काठमाडौं- जनआन्दोलन–२ मा नेतृत्वदायी भूमिका खेलेका सात दलमध्ये एक तत्कालीन सदभावना पार्टीका शीर्ष नेता भरतविमल यादव झन्डै सात वर्षपछि सक्रिय राजनीतिमा फर्किएका छन्।
जनआन्दोलन सफल भएर अन्तरिम संविधान बनेलगत्तै उनी राजनीतिबाट ओझेल परेका थिए। अहिले 'मुलुक प्रतिगमनतर्फ उन्मुख भएको' उनको निष्कर्ष छ।
निरकुंश राजतन्त्र अन्त्य र लोकतन्त्रका लागि महŒवपूर्ण योगदान दिएका विमल त्यतिबेला नेपाल सदभावना पार्टीका उपाध्यक्ष थिए। आनन्दीदेवी सिंह नाम मात्र कि अध्यक्ष थिइन्, जसले गर्दा पार्टीमा उनकै नेतृत्व सक्रिय थियो।
'जनआन्दोलन सफल त पारियो तर मधेसको माग त्यसले सम्बोधन गर्न सकेको थिएन। अर्कोतर्फ मेरो पार्टीभित्र पद, पैसा र शक्तिका लागि निकै घीनलाग्दो खेल सुरु भयो, त्यसले गर्दा पनि म सक्रिय राजनीतिभन्दा बाहिर रहेँ,' उनले बिगत सम्भि्कए, 'जनआन्दोलन–२ र मधेस आन्दोलनपछि पनि जनताले मुक्ति पाएनन्, झन् दलीय नेतृत्वको सरकार निर्माण नगरी कर्मचारीको नेतृत्वमा सरकार गठन भएको अवस्थाले मलाई निकै दुःखी बनाएको छ।'
अहिले जनआन्दोलनका उपलब्धि खतरामा परेको र देश प्रतिगमनउन्मुख रहेको उनको बुझाइ छ। 'त्यसको रक्षार्थ सशक्त हिसाबले प्रत्यक्ष रूपमा सक्रिय हुने निधो गरेको छु,' विमलले राजनीतिमा फर्किनुको कारण खोले।
जनआन्दोलन–२ का सात कमान्डरमध्ये गिरिजाप्रसाद कोइरालाको देहान्त भइसकेको छ भने तत्कालीन प्रजातान्त्रिक कांग्रेसका शेरबहादुर देउवा र नेकपा एमालेका माधव नेपाल पार्टीको प्रमुखको जिम्मेवारीभन्दा बाहिर छन्। तत्कालीन संयुक्त जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचन एकीकृत माओवादीमा प्रवेश गरेका छन् भने माले महासचिव सीपी मैनाली र नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेको राष्ट्रिय राजनीतिमा खासै प्रभाव छैन। मुलुकको राजनीतिको लगाम जनआन्दोलनका सात कमान्डरमध्ये कसैको हातमा नभएको बेला विमल मधेसी जनअधिकार फोरमबाट राजनीतिमा फर्केका हुन्।
सोमबार अध्यक्ष उपेन्द्र यादवले उनलाई आफ्नो पार्टीमा प्रवेश गराए। सो क्रममा बिमलले अहिले मुलुकमा लोकतन्त्र नभएर कर्मचारीतन्त्र भएको बताए। 'हिजो जसले जनआन्दोलनमा दमन गर्योम, आज उसैलाई नायक बनाउने काम भयो। देशको महŒवपूर्ण जिम्मेवारी दिने कार्य भयो,' अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्कीको नियुक्तिप्रति उनको टिप्पणी थियो, 'यो लोकतन्त्र र जनआन्दोलनको ठाडो उपहास हो।' यस्ता क्रियाकलापलाई नरोके देश ठूलो संकटमा पर्ने उनको विश्लेषण छ।