काठमाडौं- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले छुट्टिएर गएका मोहन वैद्य नेतृत्व माओवादीसँग आगामी निर्वाचनमा एकता र सहकार्य नहुने बताएका छन्। अध्यक्ष दाहालले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आह्वान गरेको सर्वदलीय बैठकमा सिद्धान्त र विचार नै फरक भएकाले वैद्य माओवादीसँग एकता र सहकार्य नहुने बताएका हुन्।
'उहाँ (वैद्य माओवादी)सँग विचार र सिद्धान्तका आधारलाई लिएर पार्टी विभाजन भएकाले कुनै पनि खाले एकता हुँदैन,' दाहालले बैठकमा भने, 'निर्वाचनमा दुई पार्टीबीच एकता हुन्छ भन्ने कुरा नै हुँदैन किनकिहाम्रो विभाजन नाटक होइन, साँच्चै नै भएको हो।' उनका अनुसार सो भ्रम हटाउन आग्रह गर्दै दाहालले विभाजनलाई योजनाबद्धरुपमा नबुझिदिन आग्रह गरेका छन्।
वैद्य माओवादी सहभागी नभएको सो बैठकमा राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले अध्यक्ष दाहालले नै पहलकदमी गरेर निर्वाचनमा ल्याउन दाहालसँग आग्रह गरेका छन्। 'ठूलो पार्टीका अध्यक्षको नाताले तपाईँले नै वैद्यजीहरुलाई चुनावमा सहभागी गराउन पहल गर्नुपर्छ, त्यसको जिम्मेवारी तपाईँको हो,' थापाले दाहाललाई भने। जवाफमा दाहालले निर्वाचनमा सहभागी नहुने राजनीतिक दल जनताको नजरमा निमिट्यान्न भएर जाने र संविधानसभा निर्वाचन कसैले पनि बहिस्कार गर्न नसक्ने बताएका थिए।