मधेसी दलको चुनावी मोर्चा अन्योलमा
२१ वैशाख २०७०
•
७ मिनेट पाठ
मधेसी दलको चुनावी मोर्चा अन्योलमा
काठमाडौं- 'एक झन्डा, एक उम्मेदवार, एक निर्वाचन क्षेत्र' भन्ने नीति अनुसार तराई मधेस लोकतान्त्रिक पार्टीको अग्रसरतामा मधेसवादी दलबीच हुन लागेको मोर्चाबन्दी अन्योलमा परेको छ। उक्त नीतिबारे मधेसवादी दलबीच अझै औपचारिक छलफल हुन सकेको छैन।




मुख्यतः राजनीतिक नैतिकताका आधारमा विभाजनको औचित्य प्रस्ट गर्ने र शीर्ष नेताका व्यक्तिगत मामिला अहिले मधेसवादी दलबीच मोर्चाबन्दी र एकतामा बाधक बनिरहेका छन्। तमलोपाका हृदयेश त्रिपाठीले केही दिनअघि 'वैचारिक र सैद्धान्तिक विषयमा कुनै फरक नभएका कारण मधेसवादी दलबीच एकता सम्भव भएको' बताएका थिए। तर, नेताहरुको व्यक्तिगत अहम् मोर्चाबन्दीको बाधकका रुपमा रहेको देखिन्छ। तमलोपाले औपचारिक रुपमा नै मधेसवादी दलबीच सम्भव भएसम्म एकता र त्यो नभए मोर्चाबन्दी गरेर निर्वाचनमा जानुपर्ने औपचारिक प्रस्ताव अघि सारेको थियो।

तमलोपाले राखेको प्रस्तावअनुसार सबै मधेसवादी दल मोर्चामा आउँछन् भन्ने विश्वासको आधार छैन। मधेस राजनीतिका विश्लेषक चन्द्रकिशोर भन्छन्, 'मधेसी नेताहरुको व्यक्तिगत अहंकारका कारण हिजो छुट्टिएकासँग आज मिलेर जान निकै गार्हो् देखिन्छ।' चन्द्रकिशोरका अनुसार, संघीयतासहित यस्ता कैयौं कारणले मधेसवादी दलबीच तत्काल एकीकरण वा मोर्चाबन्दीको सम्भावना छैन।'

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो हरेकजसो भाषणमा विजयकुमार गच्छदार र महन्थ ठाकुरले एमाओवादी, कांग्रेस र एमालेसँग मिलेर तराई–मधेसलाई पाँच राज्यमा विभाजित गर्न खोजेको आरोप लगाउँछन्। सद्भावनाले अडान नलिएको भए, मधेसमा पाँच प्रदेश भइसक्ने दाबी छ उनको। २२ वर्षदेखि मधेसमा सक्रिय सद्भावना पार्टी भएकोले असली मधेसवादी दल यही नै हो भन्ने उनको दाबी छ। असली र नक्कलीको नारा लगाएर उनले जनमत बढाउने निरन्तर कोसिस गरिरहेको देखिन्छ। मधेसमा दल बदल्ने लहर चलेको बेला अरु पार्टीका नेता कार्यकर्तालाई आफ्नोमा प्रवेश गराउनेमा महतो अग्रणी छन्।

फोरम नेपालका केन्द्रीय सदस्यद्वय योगेन्द्र यादव र सुनीता विश्वास, तमलोपा नेपालका प्रवक्ता रामाशिष गुप्तालगायत पूर्व सभासदसहित मधेसमा प्रभाव पार्ने दर्जन नेतालाई उनले आफ्नो पार्टीमा प्रवेश गराइसकेका छन्। 'माओवादीलाई बोकेर मधेस नजाने' भन्ने धारणा राख्दै आएको सद्भावना मोर्चाबन्दीको पक्षमा खुलेको छैन।

हिजो महन्थ ठाकुरसँग छुट्टिएका महेन्द्र यादवको तमलोपा, नेपाल कुन राजनीतिक नैतिकताको आधारमा पुनः एक भएर जाने? मोर्चाबन्दीको सन्दर्भमा महत्वपूर्ण प्रश्न यही भएको छ। यो प्रश्न राजकिशोर यादवको फोरम गणतान्त्रिकका सन्दर्भमा पनि उठन सक्छ। त्यस्तै अनिल झाले नेतृत्व गरेको संघीय सद्भावना पार्टीको संकट पनि यही हो। कुनै राजनीतिक मुद्दा नै नभई व्यक्तिगत राग–द्वेषका आधारमा विभाजित भएका दल यहींनिर अप्ठयारोमा परेको देखिन्छ।

तमलोपा महामन्त्री गोविन्द चौधरी, प्रवक्ता रामाशिष गुप्ता र पूर्व सभासद उर्मिला महतो पार्टी छोडेर हिँडिसकेका छन्। चौधरीबाहेक अरु अन्य पार्टीमा प्रवेश गरिसकेका छन। तुलनात्मक रुपमा पार्टी विभाजनपछि पनि महेन्द्र यादव कमजोर देखिएका छन्। त्यही पीडामा छन, राजकिशोर। तत्कालीन अध्यक्ष जयप्रकाश गुप्ताको नेतृत्वमा उपेन्द्र यादवको फोरम त्यागेर गठन गरिएको गणतान्त्रिक फोरम गुप्ता जेल गएलगत्तै विभाजित भयो। पार्टीको एउटा हिस्सा नन्दनकुमार गुप्ताको नेतृत्वमा गयो जसका कारण राजकिशोर पनि कमजोर हुनु स्वाभाविक देखिन्छ।

मधेसमा निकै प्रभावशाली मानिएका विजय गच्छदारको पार्टीबाट दर्जन केन्द्रीय सदस्य र पूर्वसभासद सहित शरतसिंह भण्डारी बाहिरिएपछि त्यो पार्टी कमजोर भएको छ। मधेसतिरभन्दा थारुतिर ढल्किएपछि गच्छदारको साखमा केही असर परेको छ। भण्डारीकोे क्षतिपूर्ति गर्न पनि निकै कसरत गर्नुपर्नेछ।

महेन्द्र यादवले आधा हिस्सा बोकेर गएपछि कमजोर देखिएका महन्थ ठाकुरलाई जयप्रकाश यादव र मोहनलाल चौधरीलगायतका केन्द्रीय सदस्यले छोडिदिएकाले उनको पार्टीमा त्यसको स्वाभाविक असर पर्नेछ।

मधेस आन्दोलनमा निकै सशक्त देखिएको उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल आफ्नो अलग छवि राख्न सफल मधेसवादी दलका रुपमा देखिएको छ। मधेसी मोर्चा र माओवादीसँग गठबन्धनमा नरहेको फाइदा फोरमले चुनावमा उठाउने सम्भावना बढी छ।

समग्रमा महतो नेतृत्वको सद्भावना, उपेन्द्रको फोरम नेपाल र महन्थ/विजयको नेतृत्वमा तीनवटा गठबन्धन बन्न सक्ने सम्भावना अझै देखिन्छ। विघटित संविधानसभामा रहेका १७ वटा मधेसवादी दल र बाहिर रहेका दलको भविष्य यसै होला भन्न सकिने अवस्था अहिले देखा परिसकेको छैन।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस