काठमाडौं, वैशाख ९- पूर्व युवराज पारस शाहको स्वास्थ्य अवस्था बुझ्न थाइल्यान्ड पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार स्वदेश फर्किएका छन्। शाहका साथमा पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी र अन्य सदस्य पनि फर्किएकन हुन्।
केही समयदेखि थाइल्यान्डमा बस्दै आएका पूर्वयुवराजलाई गत फागुन ८ गते दोस्रो पटक हृदयाघात भएपछि त्यहाँको समितिभेज अस्पतालमा राखिएकामा भेटका लागि पूर्वराजपरिवार फागुन १६ गते त्यता गएको थियो।
विमानस्थलमा शाहले सञ्चारकर्मीसँग कुरा गर्दै नेपालीको शुभेच्छा र थाइ चिकित्सकको अथक प्रयासले छोराको स्वास्थ्यमा क्रमिक सुधार आएको भए पनि अझै कमजोर अवस्थामा रहेको बताए। उनले नववर्षले सम्पूर्ण नेपालीमा सुख र सद्भाव ल्याई प्रगति हासिल हुने विश्वास व्यक्त गरे। रासस