पोखरा, वैशाख ८ (नागरिक)- कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले प्रधानन्यायाधीश नेतृत्वमा सरकार गठन गर्न प्रस्ताव गर्ने एमाओवादी त्यही सरकारलाई असफल पार्न उद्धत देखिएको बताएका छन्। माओवादी गतिविधिले उसैले चुनाव नचाहेको पुष्टि हुँदै गएको उनले बताए।
'एमाओवादी नै अहिलेको सरकारको खरो विरोधमा उत्रिएको छ', प्रेस युनियनले आइतबार यहाँ गरेको पत्रकार भेटघाटमा उनले भने, 'माओवादीका यी गतिविधिले उसैले चुनाव नचाहेको प्रमाणित हुन्छ। एमाओवादीले चुनाव गराउन नभइ सत्ता लम्ब्याउने चालवाजीले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठनको प्रस्ताव ल्याएको उनले बताए।
माओवादी आफूले थापेको पासोमा आफैं परेपछि फेरि सरकारलाई असफल पार्न लागि परेको उनले बताए। संविधान सभाको चुनावमा कुनै दलसँग कांग्रेसले एलायन्स गर्ने सम्भावना नरहेको उनको भनाइ थियो। 'विचार मिल्ने पार्टीसँग केही क्षेत्रमा तालमेल हुनसक्छ,' उनले भने, 'तर, सबै ठाउँमा होइन।'