काठमाडौं, वैशाख ५- चीनका लागि पूर्व नेपाली राजदूत राजेश्वर आचार्यले चीनमा नेतृत्व परिवर्तन भएको बेला पहिलो भ्रमण गरेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बाजी मारेको बताएका छन्। तर त्यसलाई चीनको विश्वास अनुसारको ब्यवस्थापन गर्न चुनौतिपूर्ण रहेको उनले बताए।
रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले विगतमा चीनको विश्वास पात्रको रुपमा दरवार रहेकोमा राजतन्त्रका अन्त्यपछि चीन नेपालमा विश्वासिलो मित्रको खोजीमा रहेको उल्लेख गर्दै उनले दाहाल फर्केपछि नेपालमा सहमतिबाट स्थायित्व र शान्ति कायम गर्न सक्छन कि सक्दैनन् भन्ने गम्भिर चुनौति रहेको बताए।
उनले भने- यति सजिलै चीनमा उच्च नेतृत्वसँग भेट हुँदैन। तर दाहालले त्यो सम्मान प्राप्त गरेका छन्। अब उनलाई जिम्मेवारी बहन गर्न अप्ठ्यारो छ। अब उनले सबै दललाई मिलाएर जान सक्छन कि सक्दैनन हेर्न बाँकी छ।
दुई वर्षको संविधान सभालाई चार वर्ष लम्ब्याउँदा पनि संविधान बनाउन नसक्ने नेपाली नेतालाई चिनले विश्वास गर्न कठिन रहेको उल्लेख गर्दै नेपाली नेताहरुमा विश्वासको संकट रहेकोले चिनको विश्वास कायम राख्न नसके भ्रमणबाट कुनै उपलब्धि हात लाग्न नसक्ने बताए।
आचार्यले चिनले नेपालमा अनन्य र विश्वासिलो मित्रको खोजिरहेको उल्लेख गर्दै भने-चीनले नेपालमा सुरक्षाको चासो खोज्छ। यहाँको स्थिरता, समृद्धि र शान्तिमा आफ्नो हित देख्ने गर्छ। चीन नेपालमा चिनविरोधी गतिविधि हुन नदिने भित्रको खोजीमा छ तर दाहालको बोली फेर्ने ब्यवहारले विगार्न पनि सक्छ।
उनले चिनको नेपालमा स्थायीत्व, सुरक्षा र विकासको चाहनालाई अहिलेसम्म कसैले क्यास नै गर्न नसकेको आरोप लगाउँदै जसले चिनको यो चासोलाई ब्यवस्थापन गर्न सक्छ उनै विश्वासिलो मित्र बन्ने स्पष्ट पारे।