काठमाडौँ, चैत २३ (नागरिक) - नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक गएराति साढे दुई बजेसम्म बसे पनि महासमितिको बैठकमा पेस गर्ने राजनीतिक र विधान संशोधन प्रस्तावमा विवाद टुङ्गिएको छैन। केन्द्रीय समितिले प्रतिवेदन सर्वसम्मत पास गरे पनि २२ केन्द्रीय सदस्यको असहमति कायमै छ।
असहमत केन्द्रीय सदस्यहरुसँग अहिले दिउँसो ३ बजे उपसभापति रामचन्द्र पौडेलले सहमति गरेर राजनीतिक प्रस्तावमा उनीहरुको विचार समेट्ने बारे छलफल गर्ने भनिएको छ। आज पनि सहमति नभए असन्तुष्ट केन्द्रीय सदस्यहरुले फरक मतका रुपमा महासमितिको बैठकमा त्यसलाई लाने भएका छन्।
अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधान न्यायाधीशबाट राजीनामा गर्नु पर्ने अडान राख्दै राजनीतिक प्रस्तावमा त्यसलाई समावेश गर्न नेतृत्वलाई दवाव दिएका हुन्। राजनीतिक प्रस्तावमा त्यसलाई समावेस नगरी महासमितिमा छुट्टै प्रस्ताव लैजाने अडानपछि बैठक राति अबेरसम्म लम्बिएको थियो।
त्यस्तै, सभापतिको अधिकार बढाउने विषयमा संस्थापन पक्ष र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबीच विवाद भएको थियो। महामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा रहेको समितिले सभापतिको अधिकार बढाउने प्रस्ताव गरेपछि बैठकमा विवाद भएको थियो। देउवा पक्षले पार्टी विधानको धारा४९ को उपधारा ७ र नियमावलीको ४९ को २ लाई संशोधन गर्दै कार्यसमितिमा सभापतिले आवश्यकताअनुसार आमन्त्रित सदस्य मनोनीत गर्ने व्यवस्था राख्ने प्रस्तावप्रति देउवा पक्षले असहमति जनाएको थियो। दुवैमा कार्यसमितिको निर्णयमा सभापतिले बढीमा दस जना आमन्त्रित सदस्य मनोनीत गर्न सकिने उल्लेख छ। त्यसलाई संशोधन गर्दै सभापतिले आमन्त्रित सदस्य मनोनीत गर्न सक्नेछन्।
हिजै प्रतिवेदनहरु पारित नहुँदा महासमितिमा त्यसलाई वितरण गर्न सक्ने गरी छापाखानामा छाप्न नसकिने भएकोले राति अबेरसम्म भए पनि बैठक बसेको हो, एक केन्द्रीय सदस्यले भने।