काठमाडौं, फागुन २७ (नागरिक)- नेपाली सेनाले राजधानीको टुँडिखेलमा सैनिक दिवस मनाएको छ। सो अवसरमा राष्ट्रपति रामवरण यादवले वीर स्मारकमा माल्यार्पण गर्नुका साथै नेपाली सेनाद्वारा राष्ट्रपतिको सम्मानमा अर्पण गरिएको सलामी ग्रहण गरेका थिए। समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायतको सहभागीता थियो। समारोहमा सेनाले निशान प्रदान कवाज, महाशिवरात्रि बडाइ कवाजका साथै मार्चपास, सैनिक कला, हवाई फर्मसन तथा ब्यान्ड डिस्प्ले प्रदर्शन गरेको थियो। समारोहमा विशेष फौज, फेरेटकार, एपिसी, एमपिभी, तोपखाना हतियार, हवाई सुरक्षा हतियार, इन्जिनियरिङ सामग्री, विकास निर्माणसम्बन्धी सामाग्री प्रदर्शनी गरिएको थियो। नागरिकन्युजका फोटोग्राफर विजय राईको फोटो फिचर हेर्नुस् :













सबै तस्बिर : विजय राई