चितवन, फागुन २६ - नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत नेकपा (माओवादी) चुनावको पक्षमा नरहेको आरोप लगाएका छन् । सत्ताकब्जाको रणनीतिअनुरुप विभिन्न पासा फाल्ने क्रममा न्यायपालिका र नेपाली सेनालाई बिबादमा ल्याउने सातौँ महाधिवेशनको रणनीतिअनुरुप अघि बढेको उनको भनाइ थियो।
नेकपा (एमाले) चितवनले आज भरतपुरमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता नेपालले सातौँ महाधिवेशनमा अन्य निकाय आफ्नो कब्जामा रहेको र न्यायपालिका एवम् सेना मात्र बाँकी रहेको भन्दै पूर्ववत् योजनाअनुरुप अघि बढेको दाबी गरे ।
प्रधान न्यायाधीशलाई प्रधानमन्त्री बनाएर बिबादित बनाउने र फाष्ट ट्र्याकबाट आफ्ना लडाकुलाई नेतृत्व तहमा पुर्याएर सेनासमेत नियन्त्रणमा लिई देश कब्जा गर्ने माओवादीको योजना रहेको उनले बताए ।
हाम्रो कारणले प्रधान न्यायाधीशलाई प्रधानमन्त्री बनाउन खोजेको भन्दै न्यायपालिकालाई प्रभावित पार्ने उनीहरुको रणनीतिमा अन्य दलका नेताहरु लतारिएको आरोप लगाउँदै उनले लोकतन्त्र खतरामा पार्न अन्य नेताहरुले समेत माओवादीलाई सहयोग पुर्यापएको बताए ।
माओवादीले चुनाव गर्छ भन्ने भ्रममा नफस्न कार्यकर्ताहरुलाई निर्देशन दिँदै उनले निर्वाचनको पक्षमा एकजुट हुन आग्रह गरे ।
प्रशिक्षणका क्रममा नेता नेपालले राजनीतिक दलको नेतृत्व बिना देशले सहज रुपमा निकास नपाउने भन्दै अहिले एमाओवादिले ल्याएको प्रस्ताव उसैद्वारा अस्वीकार हुने अवस्थामा आइपुगेको पनि बताए ।
चुनावी मैदानमा जाँदा आफू पछि पर्ने निश्चित भएको भन्दै उनले माओवादी यस्ता प्रपञ्च रच्दै बसेकोसमेत आरोप लगाए । रासस