कार्यदलको बैठक बस्न सकेन, शीर्ष नेताको बैठक बस्ने
१७ फागुन २०६९
•
२ मिनेट पाठ
कार्यदलको बैठक बस्न सकेन, शीर्ष नेताको बैठक बस्ने
काठमाडौं, फागुन १७ - प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनका लागि बाँकी विषयमा सहमति जुटाउने जिम्मा मुख्य दलका शीर्ष नेताहरुले कार्यदललाई दिएपनि आज कार्यदलको बैठक बस्दै नबसी स्थगित भयो।


सेना समायोजन विशेष समितिको सचिवालय नयाँ वानेश्वरमा बैठक बस्ने भनिएपनि अन्तिममा आएर बैठक स्थगित भएको बताइएको छ।

कार्यदलका सदस्य एवम् एमाओवादीका नेता खिमलाल देवकोटाले दिएको जानकारी अनुसार आज विभिन्न कारणले कार्यदलको बैठक बस्न सकेन।

मङ्गलबार बसेको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठकले नागरिकता वितरण, मतदाता नामावली, शान्ति प्रक्रिया र सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोग गठनमा सहमति जुटाउन कार्यदललाई जिम्मा दिएको थियो।

तर बाधा अड्काउ फुकाउ लगायत संवैधानिक र कानुनी जटिलता समाधानका लागि कार्यदलले सुझाव दिएपनि बाँकी विषयमा सहमति खोज्ने जिम्मा कार्यदलले फेरि शीर्ष नेताहरुलाई नै दिएको हो।

विवादका विषयमा कार्यदलले सहमति जुटाउन नसकेपछि आज बस्ने भनिएको कार्यदलको बैठक स्थगित भएको हो।

कार्यदलको बैठक बस्न नसकेपछि दिउँसो शीर्ष नेताहरुको बैठक बस्ने एमाओवादीको तर्फबाट कार्यदलका सदस्य रहेका देवकोटाले जानकारी दिनुभयो। बैठक दिउँसो ४ बजे नयाँ बानेश्वरमा बस्ने छ। रासस
अर्को समाचार
सहमति खोज्न तीन दलीय कार्यदलको बैठक बस्दै
२२ मंसिर २०६६
•
४ मिनेट पाठ
सहमति खोज्न तीन दलीय कार्यदलको बैठक बस्दै
काठमाडौं, मंसिर २३ (नागरिक)-  राजनीतिक सहमति खोज्न तीन ठूला दलका शीर्ष नेताको सोमबार बसेको बैठकले गठन गरेको कार्यदलको बैठक बसिरहेको छ। 
सिंहदबारस्थित शान्ति तथा पुननिर्माण मन्त्रालयमा बस्ने बैठकले यसअघिको कार्यदलले बनाएको  साझा संकल्प प्रस्तावको मस्यौदामा सहमति जुटाउन प्रयास गर्दैछ।  

तीन ठूला दलको सोमबार बसको बैठकले दुई दिनभित्र सहमति खोज्ने सहमति गर्दै एउटा कार्यदल गठन गरेको थियो।  कार्यदलमा माओवादीबाट नारायणकाजी श्रेष्ठ र देव गुरुङ, कांग्रेसबाट अर्जुननरसिंह केसी र कृष्ण सिटौला तथा एमालेबाट भरतमोहन अधिकारी र भीम रावल छन्।

 
यसअघि एक-एक जना रहेको तीन सदस्यीय कार्यदलमा माओवादीका श्रेष्ठ र कांग्रेसका सिटौला थपिएका हुन्। एमालेले सचिव युवराज ज्ञवालीको सट्टा अधिकारी र रावललाई पठाएको हो। 

कार्यदललाई राजनीतिक गतिरोध अन्त्यको निकास र कैलाली घटनाको सम्बन्धमा सहमतिको बाटो खोज्ने जिम्मा दिइएको छ।

माओवादीले राष्ट्रपतिको कदम गल्ती भएको उल्लेख गर्नुपर्ने र सत्ता साझेदार दलहरूले राष्ट्रपतिलाई आक्षेप लगाउन नसकिने बताएका कारण साझा संकल्प प्रस्तावमा सहमति हुन सकेको छैन। 

सोमबारको त्रिदलीय बैठकमा १२ बुँदे सहमतिदेखि अहिलेसम्मको वस्तुगत स्थितिको समीक्षा र तत्कालको मुठभेड अन्त्य गर्नुपर्ने विषयमा केन्द्रित थियो। पछिल्ला घटनाले दलहरूबीच अविश्वास र आशंका बढाएकाले यसलाई सम्बोधन गर्ने विषयमा पनि दलहरू सहमत भएका छन्।

प्रधानमन्त्री माधवकुमार नेपालले सबै पक्षले सहमतिको आवश्यकता महसुस गरेको र गतिरोध अन्त्यका लागि सबै पक्ष लचिलो भएर समस्याको समाधान खोजिने बताए।

बैठकमा नागरिक समाजका तर्फबाट पदमरत्न तुलाधर र दमननाथ ढुंगाना पर्यवेक्षकका रूपमा बसेका थिए। झन्डै तीन घन्टा चलेको बैठक सकारात्मक दिशातर्फ गएको पनि नेताहरूले दाबी गरेका छन्।

बैठकमा माओवादीले कैलाली घटनाको यथार्थ पत्ता लगाउन छानबिन आयोग गठन हुनुपर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचारका साथै सुकुम्बासी समस्या समाधानको लागि नीतिगत सहमति गर्नुपर्ने लगायत प्रस्ताव गरेको छ। गृहमन्त्री भीम रावलले घटनाको विषयमा ब्रिफिङ गरेका थिए। उनले वनअतिक्रमणकारीले अटेर गरेपछि र सुरक्षाकर्मीलाई नै आक्रमण गरेपछि बाध्य भएर बल प्रयोग गर्नुपरेको जिकिर गरे।

बैठकमा एमालेका तर्फबाट प्रधानमन्त्री माधवकुमार नेपाल, गृहमन्त्री रावल, सचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य भरतमोहन अधिकारी थिए भने माओवादीवाट अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षहरू मोहन बैद्य, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ थिए। कांग्रेसबाट कार्यवाहक सभापति सुशील कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेल, प्रवक्ता अर्जुननरसिंह केसीलगायतका नेताहरु थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस