काठमाडौं, फागुन १५ (नागरिक)- चुनावी सरकार गठनमा एमालेको भूमिका तथा प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वमा चुनावी मन्त्रिपरिषद गठन बारे छलफल गर्ने नेकपा एमालेको स्थायी समितिको बैठक बस्दैछ। यसअघि अध्यक्ष झलनाथ खनालको निर्देशनमा स्थगित गरिएको बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय बल्खुमा बस्नेछ।
बैठकमा प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वमा चुनावी सरकार बन्न विकसित भएको स्थिति र पछिल्लो राजनीतिक अवस्था बारे छलफल गरिने एमालेले जनाएको छ। बैठकमा चुनावी सरकार गठन हुँदा त्यसमा एमालेको भूमिका के हुने ?, दलहरुबीच देखिएका विवादित विषयमा एमालेको धारणा कस्तो रहने भन्ने पनि छलफल हुने बताइएको छ।
प्रधानन्यायाधीशलाई कार्यपालिका प्रमुख बनाउँदा उत्पन्न हुनसक्ने खतराका विषयमा पनि एमाले स्थायी समितिले छलफल गर्नेछ।