समुन्द्र पौडेल, तनहुँ, फागुन १२ -नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले राजनीतिक अस्थिरता निकासको एक मात्र विकल्प संविधान सभाको निर्वाचन भएको बताएका छन्। रिपोर्टस क्लव तनहुँले शनिवार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले संविधान सभाको निर्वाचन वर्तमान सरकारबाट सम्भव नहुने भएकाले नयाँ सरकार गठन गर्नुपर्ने कुरामा जोड दिए।
'प्रमुख पार्टीहरुको सहमतिमा गरिने निकास नै एक मात्र विकल्पको माध्यम हो,' उनले भने, 'चुनावी सरकार गठन गरेर चुनाव गर्न नसके देश खतरामा पर्छ।' राजनीतिक नेतृत्वबाट सरकार गठन गर्न सक्नुपर्ने कुरामा जोड दिँदै उनले त्यसो हुन नसके सहमतिको आधारमा विकल्प खोजेर पनि सरकार गठन गर्नुपर्ने धारणा व्यक्त गरे।
बाबुराम भट्टराई नेतृत्वको सरकारको शासनलाई कुशासनको संज्ञा दिदै नेता पौडेलले कुशासनको अन्त्य नभएसम्म संविधान सभाको निर्वाचन सम्भव नभएको बताए। 'चुनाव नहुनु भन्दा कुनै मिलनबन्दु पुगेर टुड्ग्याउनु पर्छ,' उनले भने, 'सहमतिका लागि सबै एक भएर अघि बढ्नु पर्छ।' प्रधानन्यायधिशलाई प्रधानमन्त्री बनाउने एजेण्डा माओवादीको नभएको भन्दै उनले राष्ट्रपतिको एजेण्डालाई माओवादीले प्रचारवाजी गरेको दाबी गरे।
'राष्ट्रपतिले नै प्रचण्डलाई तपाईले मेरो प्रस्ताव किन बाहिर बोल्नु भएको भन्नु भएको थियो,' उनले भने, 'यो राष्टपतिकै प्रस्ताव हो।' एमाले वरिष्ठ नेता माधव कुमार नेपालले समेत आफ्नो एजेण्डा भएको दाबी गरे पनि पछिल्लो समय एमालेले किन आपत्ती जनायो भन्ने विषयमा भने आफू अनविज्ञ भएको पौडेलले बताए।