पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईल सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र जारी विवादलाई ‘हिटिङ पिरियड’को संज्ञा दिएका छन्।
नेकपाको आन्तरिक विवाद चरमोत्कर्षमा पुगेका बेला डा. भट्टराईले ‘नेकपाभित्रका केहीले ‘कुलिङ पिरियड’को कुरा गरेकाे आफूले बुझ्न नसकेकाे बताएका हुन्।
‘नेकपाभित्रका केहीले ‘कुलिङ पिरियड’कुरा गरेको बुझिएन,’ ट्विटरमा उनले लेखेका छन्, ‘द्वन्द्ववादको नियमले त एकता–संघर्ष–रूपान्तरणको कुरा पो गर्छ त! अझै माओ त ठूलो माछाले सानो माछा निल्नु रूपान्तरण हो भन्थे। धर्मशास्त्रले पनि संघर्षबाटै असत्यमाथि सत्यको जितको कुरा गर्छ। त्यसैले कुलिङको सट्टा हिटिङ भन्नुपर्ने हैन र?’
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्।
संसद् विघटनपछि शुक्रबार साँझ मन्त्रिमण्डल विस्तार गरेका प्रधानमन्त्री ओलीलाई पूर्वप्रधानमन्त्री डा. भट्टराईले यो कहाँको विधि र पम्परा हो भनेर प्रश्न गरेका हुन्।
‘आफैं असंवैधानिक ढंगले संसद् विघटन र चुनावको घोषणा गर्ने अनि सडकबाट मान्छे टिपेर मन्त्रीमण्डल विस्तार र पुनर्गठन गर्ने,’ डा. भट्टराईले ट्विटरमार्फत प्रश्न गरेका छन्, ‘यो कहाँको विधि र परम्परा हो?’
उनले अगाडि लेखेका छन्, ‘सत्ता अकंटक चलाउने ध्येय स्पष्ट भएन र? ज्ञानेन्द्रले गरेको यै हैन र ? संविधान/लोकतन्त्रमाथि यस्तो खेलबाड हुॅदा चूप बस्ने हामी कि ओली मूर्ख ?’
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...