अब नेकपाबाट कि प्रचण्ड हट्नुपर्छ कि म : प्रधानमन्त्री ओली
०४ मंसिर २०७७
•
७ मिनेट पाठ
अब नेकपाबाट कि प्रचण्ड हट्नुपर्छ कि म : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट कि आफू कि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हट्नुपर्ने अवस्था आएको बताएका छन्।  

बुधबार बसेको पार्टीको सचिवालय बैठकमा नेकपा अध्यक्ष ओलीले राजनीतिक जीवनमा आफूले पहिलोपटक ‘यति तल्लोस्तरको लाञ्छना’ खेप्नुपरेको बताउँदै अब वार कि पारको परिस्थिति बनेकाे चेतावनी दिएका हुन्।

‘यस्तो हैरानी, यति हुर्मत, यति अपमान, यति घटिया लाञ्छनाहरू जीवनमा मैले पहिलोपल्ट यति गरिमामय ठाउँमा वितरण भएको भोग्दै छु,’ ओलीले सचिवालय बैठकमा भने, ‘यदि यो सही छ भने एउटा हट्नुपर्छ, सही छैन भने अर्को हट्नुपर्छ।’

बुधबार सचिवालय बैठकमा अध्यक्ष ओलीले गरेकाे सम्बाेधनकाे पूर्णपाठ 

कमरेडहरू !

आजको सचिवालय बैठकको कारबाही प्रारम्भ हुन्छ। म सबै कमरेडहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। मैले धेरै भनिरहनु पर्लाजस्तो लाग्दैन बैठक धेरै जटिल मोडमा छ, पार्टी निकै जटिल मोडमा छ। सामान्य अवस्थाबाट पार्टी पनि गुज्रिराखेको छैन, हामी पनि गुज्रिराखेका छैनौं।

म एक/दुईवटा कुरा राखौं। अस्तिको बैठकमा केही कुरा, जस्तो कि बैठकको अजेन्डाका रूपमा होइन, पत्राचारका रूपमा, जस्तो कि पाँच जना साथीहरूले मलाई बैठक बोलाइयोस् भनेर पत्र दिनुभयो। त्यसमा गम्भीर आरोपहरूसमेत भएको हुनाले मैले बैठक बोलाउने कुरा आफ्नो ठाउँमा छ। तर, ती आरोपहरू अनुत्तरित हुन पनि सक्दैनथे। मैले त्यसको जवाफ किन दिनुपर्‍याे? 

त्यसको प्रत्युत्तरमा चाहिँ अर्को ७ पेजको जवाफ अर्का अध्यक्षले लेख्नुभयो। त्यसको जवाफ मैले दिएको छैन। स्वाभाविक रूपमा त्यसको पनि उचित जवाफ दिनुपर्नेछ।  
वास्तवमा ती आरोपहरू सही थिएनन्, अनुपयुक्त, अनुचित, झुटा र भ्रमपूर्ण थिए, तिनको बारेमा मैले स्पष्ट पार्नु नै जरुरी थियो। त्यसकारण मैले व्यक्तिगत तबरमा नै अगुवाई उहाँको भएको हुनाले अर्का अध्यक्षलाई पत्र लेखें। र, त्यस पत्रको जानकारी बोधार्थका रूपमा पत्र बुझाउन आउने साथीहरूलाई त दिएँ नै, अरू साथीहरूलाई पनि जानकारीका लागि दिएँ। त्यसको प्रत्युत्तरमा चाहिँ अर्को ७ पेजको जवाफ अर्का अध्यक्षले लेख्नुभयो। त्यसको जवाफ मैले दिएको छैन। स्वाभाविक रूपमा त्यसको पनि उचित जवाफ दिनुपर्नेछ।  

त्यसबाहेक त्यसै दिन एउटा प्रस्ताव भनेर अर्का अध्यक्षले मलाई दिनुभयो, अरू सदस्यहरूलाई पनि बाँड्नुभयो। त्यो बैठकमा प्रस्तुत भएको प्रस्ताव होइन। बैठकमा प्रस्ताव प्रस्तुत गर्ने हाम्रो विधि भिन्नै छ। एउटा अध्यक्षलाई जानकारी नभईकन अर्का अध्यक्षले कुनै पनि प्रस्ताव ल्याउन मिल्दैन। त्यस्तो दिनुपर्ने पनि कुनै अवस्था आउला, तर अर्का अध्यक्षलाई जानकारी नै नदिईकन, अर्का अध्यक्षमाथि हमला, प्रहार, आलोचना, आरोप र अभियोगसहितको प्रस्तावका नाममा अचानक त्यो मलाई दिनुभयो। अरू साथीहरूलाई पनि वितरण गर्नुभयो। 

तर, त्यो बैठकमा प्रस्तुत भएको प्रस्ताव होइन। त्यसलाई विधिसम्मत प्रस्ताव भन्न मिल्दैन। तर, त्यस सम्बन्धमा कमिटीमा छलफल आवश्यक छ। त्यो प्रस्ताव भनेर जो वितरण भयो, त्यसपछि जुन अखबारबाजी गरियो। यसो गर्नु उचित भयो कि भएन? केही मतलबको कुरा भएन। अखबारबाजी गर्नका लागि समेत त्यसो गरिएको थियो र त्यसमा केही साथीहरूको संलग्नता र सहमति भएको पनि जानकारी भयो। त्यसो भएर यो विषय धेरै गम्भीर छ।

मैले अस्ति दुई जना कमरेडहरूलाई बोलाएर कुरा गरेँ, वामदेवजीसँग कुराकानी गरेँ  र भनेँ कि यसको छिनोफानो नभईकन, यी आरोपहरूसहित, यी आरोप बोकी बोकीकन कोही पनि मानिस अध्यक्ष वा प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न त मिल्दैन। यी आरोपहरू या त त्यसबाट बदर हुनुपर्‍याे, तब प्रधानमन्त्री र अध्यक्षको जिम्मेवारीमा बस्न मिल्छ। त्यसो होइन भने सदर हुनुपर्‍याे र ती पदहरू र ती जिम्मेवारीबाट हट्नुपर्‍याे। यो हटाउने माग त पहिलेदेखि आएकै थियो। तर, यसपटक हट्ने आधारहरू यी हुन्, यसकारण हट्नुपर्छ भन्ने कुरा पनि आएको छ। पहिलेजस्तो यसमा सोझै प्रधानमन्त्रीबाट हट, अध्यक्षबाट हट भन्ने भाषा छैन। 

तर त्याग गर्नुपर्छ भन्ने कोटेड भाषा रहेको छ। त्याग भन्ने शब्द त्यहाँ राखिएको छ। यस सम्बन्धमा पहिले छिनोफानो हुनुपर्छ। यो आरोप या त सदर ठहरिनुपर्‍याे, अनि प्रधानमन्त्री र अध्यक्ष हट्नुपर्‍याे। यो आरोप सही ठहरिँदैन भने यस्तो आरोप लगाउनेले यसको जिम्मेवारी लिनुपर्‍याे, यसको जवाफदेही लिनुपर्‍याे।

अब बाहिर बजारमा त हल्ला सुन्छु, बहुमत छ, अल्ममत छ, के छ, कसको कस्तो छ भन्ने कुराहरू खुबै सुन्छु। मैले त्यस्तो फर्मल्ली देखेको छैन। फर्मल्ली नदेखेसम्म त्यसलाई बहुमत, अल्पमत मान्ने कुरा पनि भएन। अब यसमा जानुपर्ने हुन्छ। यसको मैले एउटा जवाफ तयार गरिसकेको छैन। यसमा छलफल गर्न, सिम्प्ली छलफल गर्न र  छिनोफानो गर्नका लागि मात्रै बैठक हुन सक्छ। यदि यो सही छ भने एउटा हट्नुपर्छ, सही छैन भने अर्को हट्नुपर्छ।

अर्को कुरा के हो भने, अस्तिको प्रस्ताव नामक अभियोगपत्र आइसकेपछि यसअघिका हाम्रा सहमति, सम्झदारीहरूको त त्यसैले अन्त्यको घोषणा गर्‍याे। त्यो पत्र बन्नुभन्दा पछि पुराना सहमति कायमै छन् भन्ने कुरा रहेन। अब पुराना सहमति कायम रहेको अवस्था नरहेको हुनाले एउटा नयाँ निकास पार्टीले खोज्यो।
अर्को कुरा मैले एउटा भन्नुपर्छ, मलाई अध्यक्ष र प्रधानमन्त्री दुईवटैबाट हटाउने तयारी पनि गरिएको छ, हट्न भनिएको पनि छ। त्यसैगरी मैले अर्का अध्यक्षलाई हट्न भन्यो भने के हुन्छ? विधि, पद्धतिका कुरा के हुन्छन्? संगठनात्मक सिद्धान्तका कुरा के हुन्छन्? त्यसमा एकपटक विचार गर्ने हो कि? किनभने मैले हट्न भनेँ भने त्यसले त अर्को वातावरण निर्माण गर्न सक्छ। 

अर्को कुरा के हो भने, अस्तिको प्रस्ताव नामक अभियोगपत्र आइसकेपछि यसअघिका हाम्रा सहमति, सम्झदारीहरूको त त्यसैले अन्त्यको घोषणा गर्‍याे। त्यो पत्र बन्नुभन्दा पछि पुराना सहमति कायमै छन् भन्ने कुरा रहेन। अब पुराना सहमति कायम रहेको अवस्था नरहेको हुनाले एउटा नयाँ निकास पार्टीले खोज्यो। हामीले एउटा नयाँ निकास खोज्नैपर्छ। म चाहन्छु मिलेर जाऔं, मिलेर जान सकियोस्, पार्टी बचाउन सकियोस् र पार्टीलाई एकताबद्ध राख्न सकियोस्।

म के भन्न चाहन्छु भने, मिलेर मात्रै पार्टी बचाउन सकिन्छ। लडेर पार्टी बच्दैन, जालझेल र तिकडम गरेर पार्टी बच्दैन। गुटबन्दी गरेर पार्टी बच्दैन। सबै कुराहरूमा पछि छलफल गरौंँला। आजचाहिँ म त्यो लाञ्छनापत्र, जो मलाई दिइएको थियो, त्यस पत्रका सम्पूर्ण आरोपहरू, अभियोगहरू, लाञ्छनाहरू, तिरस्कारहरू, अपमानहरू सबैलाई खारेज गर्छु। र, यो मेरो राजनीतिक जीवन नै सिध्याउने गरी ल्याइएको आरोपपत्रलाई म पूर्ण रूपमा अस्वीकार गर्छु। त्यसको यथोचित् जवाफ म लिखित रूपमा नै प्रस्तुत गर्नेछु। मैले त्यो पत्रले परिस्थिति अलिक गम्भीर मोडमा पुर्‍यायाे भनेर माधव कमरेडलाई भनेँ। उहाँले अँ धम्काउने? धम्काएर कोही डराउँदैन भन्नुभयो। 

अब डराउने खालको त यहाँ कोही छजस्तो लाग्दैन। माधव कमरेड मात्रै नडराउने होइन, अरू पनि कोही डराउलान् जस्तो लाग्दैन। कोही पनि डराउँदैनन्। यस्तै राजनीति गरेर आएका मान्छेहरू कोही डराउलान् जस्तो लाग्दैन। तर सबै सुरैसुरा हुँदाखेरि सुरैचाहिँ बुद्धिमत्तापूर्ण कति हुन्छ र कति हुँदैन? फेरि पनि विचार गर्न मेरो आग्रह छ। 

म त जेलनेल, कुटाइ, यातना सबै भोगेर आएको छु। लाठी, बुट, जुत्ता मैले भोगेर आएको छु। ती सबै कुरा भोगिएको छ भने अँ, फेरि पनि कुनै परिस्थिति भोग्न मलाई कुनै कठिनाइ छैन। त्यो पत्रका प्रस्तोता र त्यसको पृष्ठभूमिमा रहेका साथीहरूले कुन बाटोबाट जाने च्वाइस् गर्नुस्।
अहिलेचाहिँ अब बैठकमा जुन विषयमा छलफल हुनुपर्छ पहिले र निष्कर्ष निस्किनुपर्छ। त्यसो नगरीकन अगाडि जान सकिँदैन। यही विषयमा छलफल गर्न म तयारीमा पुगिसकेको छैन, मेरो जवाफपत्र पनि तयार भइसकेको छैन। मैले त्यो पत्र मसिनो गरी हेर्नुपर्ने आवश्यकता छ। र, यत्ति हो कि मैले परिस्थिति अत्यन्त गम्भीर देखेको छु। मैले पहिलेदेखि भन्ने गरेको छु, यो धम्काएको होइन। तर यस्तो हैरानी, यति हुर्मत, यति अपमान, यति घटिया लाञ्छनाहरू जीवनमा मैले पहिलोपल्ट यति गरिमामय ठाउँमा वितरण भएको भोग्दै छु। 

यसभन्दा अगाडि यसस्तरको भाषा, शैली र आरोप लगाइएको अनुभव कमिटीभित्र मेरो थिएन, सायद अरू कसैको थिएन। कहिल्यै कसैले यस्ता आरोपहरू लगाएको यस ढंगले राजनीति नै सिध्याउने मनसायका साथ उत्रिएको मैले पाएको थिइनँ। त्यो पत्र जुन मैले देखेको छु, त्यसमा जुन भाषा प्रयोग भएको छ, त्यसमा जुन आरोपहरू लगाइएका छन् र जुन लाञ्छनाहरू लगाइएका छन्, ती  हल्का ढंगले लगाइएको रूपमा मैले लिएको छैन। यो अवश्य नै अत्यन्त गम्भीरतापूर्वक लगाइएको छ। राजनीतिमा जुनसुकै कुरा आइपरे पनि सहन हुनुपर्ने नै हुन्छ? म त जेलनेल, कुटाइ, यातना सबै भोगेर आएको छु। लाठी, बुट, जुत्ता मैले भोगेर आएको छु। ती सबै कुरा भोगिएको छ भने अँ, फेरि पनि कुनै परिस्थिति भोग्न मलाई कुनै कठिनाइ छैन। त्यो पत्रका प्रस्तोता र त्यसको पृष्ठभूमिमा रहेका साथीहरूले कुन बाटोबाट जाने च्वाइस् गर्नुस्।

यसभन्दा अगाडि यसस्तरको भाषा, शैली र आरोप लगाइएको अनुभव कमिटीभित्र मेरो थिएन, सायद अरू कसैको थिएन। कहिल्यै कसैले यस्ता आरोपहरू लगाएको यस ढंगले राजनीति नै सिध्याउने मनसायका साथ उत्रिएको मैले पाएको थिइनँ। 
अँ, त्यस्ता झुटा र निकृष्ट लाञ्छनाहरू मैले सहन्छु भन्ने कुरा नसोचे पनि हुन्छ। तसर्थः आज बैठक अगाडि बढ्न सक्ने देख्दिनँ। म त्यसमा बहस गर्न अहिले तयार छैन, किनभने मेरो तयारी नै पुगेको छैन, बुँदाहरू पुगेका छैनन् भन्ने कुराहरू त भनिसकेको छु। त्यसमा फेरि थप के भन्नु छ र? त्यसमा अरूको पानी चित्र त देखेको छु नि! त्यसमा त यसो हेर्दाखेरी पानी चित्र त आउँछ नि! मैले कुरा गरेको छु  र सबै सुनेको छु नि! अहिलेलाई यत्ति नै।

धन्यवाद ।  
अर्को समाचार
रेशमको दुखेसोः दु:ख दैबले मेरो थाप्लोमा थुपारेरै पठाएको हो
३० फागुन २०८०
•
३ मिनेट पाठ
रेशमको दुखेसोः दु:ख दैबले मेरो थाप्लोमा थुपारेरै पठाएको हो
नागरिक उन्मुक्ति पार्टी पछिल्लो समय निकै चर्चामा आएको छ। पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ र उनका श्रीमान रेशम चौधरीबीच कुरा नमिलेको विषयले अहिले निकै चर्चा पाइरहेको छ।

वर्तमान सरकारमा सहभागी हुने वा नहुने विषयलाई लिएर श्रीमान् श्रीमतीबीच बल्झेको विवाद अहिले सतहमा आएको छ। श्रीमान् श्रीमतीबीचको विवादलाई केन्द्र बनाएर सञ्चार माध्यममा पनि समाचार र अन्य टिकाटिप्पणी हुन थालेपछि चौधरीले श्रीमतीलाई आफूले सम्झाउन नसक्नु आफ्नो हार नभएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा चौधरीले शिर्षकसहित नै आफ्ना कुरा राखेका छन्।

उनी लेख्छन्, ‘विषय जित हारको होइन, आज जिते प्रचण्ड, ओली जित्लान्। भोलि फेरी देउवा जित्लान्। सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिध्याउने नै हो। त्यसैले हामी कसैका पछाडी नलागौँ,आफ्नो पार्टी निर्माणमा जुटौँ।’

उनले अघि लेखेका छन्, ‘सन्दर्भः घर झगडा हुँदै होइन, विषय राजनैतिक हो। मैले जानेको बुझेको यहि हो। जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो।

आज पनि हेर्नुस्, एमाले, माओवादी, कांग्रेस। यी ठूला दलका नेता, कार्यकर्ता सांसद कतै चलमलाएका छन् र? तर एकीकृत समाजवादी, जसपा, नाउपा, लोसपा, रास्वपा, राप्रपा जस्ता साना दलमा कत्रो भुँईचालो गएको छ। त्यसैले कुरा बुझौं, कुनैपनि गठबन्धनका पछाडी नलागौँ।’

नागरिक उन्मुक्ति पार्टी कांग्रेस कम्युनिस्ट होइन,भौगोलिक सांस्कृतिक पहिचान सहितको संघीयताका लागि समुदायमा आधारित समाजबाद प्रत्युत्पादनका लागि जन्मेको पार्टी हो भन्दै उनले एक अर्कोमा हिलो छ्यापाछ्याप नगरी आफ्नो नीति सिद्धान्त अनुरुप चल्न पनि भनेका छन्।

उनले लेखेका छन्, ‘कुरो रह्यो बुढाबुढिको। म उनलाई सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ। दुई घन्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भैइनन्। उनको भनाइ छ–प्रचण्डले हाम्रो राजबन्दि रिहाइ गरे, हामीले उनको साथ छोड्नुहुन्न।’

चौधरी लेख्छन्, ‘अरे लाटी, टिकापुर घटना पछि पनि प्रचण्ड दुइचोटी प्रधानमन्त्री भएकै थिए, हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो तर हामी रिहा भएनौँ नि। अहिलेपनि कसैको कृपाले राजबन्दी रिहाई गरेका होइनन् ,दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाई भएका हौँ र तिमी पनि मन्त्री भएकि हौ। नागरिक उन्मुक्ति पार्टीले पाउने एक मन्त्रालयबाट हामिले केही उख्ल्नेवाला छैनौँ। जताबाट पनि भलो ठुलै दलको हुने हो,हामी एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु हो।’

उनले अघि लेखेका छन्ः

‘मैले तिमिलाई सम्झाउन सकिन प्रिय र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन। आज लोग्ने स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन्। मलाई चिन्ता यसैमा छ, तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न। आज जतिले मन दुखाएका छन् ती हामीलाई हृदयदेखि चाहनेवाला हुन्। मलाई भोट हाल्, मलाई भोट हाल भन्नेहरु हामीलाई डुबाउने वाला मात्रै हुन्। मेरो कुरा मान्ने हो भने कसैलाई भोट नहालौँ टण्टै साफ।

हो, जेलमा मैले लेखेको विधानले आज पार्टी चलेको छ। तर मैले सबैको सदुपयोगीका लागि विधान लेखेको हुँ,दुरुपयोगका लागि होइन। अहिले विधानको कारण देखाएर निर्वाचन आयोगले जुन निर्णय गरेको छ त्यो अत्यन्त दुर्भाग्यपूर्ण छ। सबै कानुन जान्नेलाई थाहा छ, महाधिवेशन विधान भन्दा माथी हुन्छ। सत्ता को सदुपयोग या दुरुपयोग क्षणिक हो तर जनता जनार्दन हुन्। यसका बारेमा अदालतले केहिदिनमा अवस्य न्याय देला।

तर याद रहोस्, केन्द्रीय कमिटीको निर्णय नमान्नेलाई कार्वाही गर्नुपर्छ र कार्वाही भोग्नुपर्छ। सबैलाई लागेको होला, केन्द्रीय समितिको निर्णय मैले गराएको हुँ। यो सोच्दै हुनुहुन्छ भने तपाई भ्रममा हुनुहुन्छ। उहिले भन्न सक्दिन अहिले केन्द्रीय समितिले स्वतन्त्र भै निर्णय गरेको हो। अब हरेक निर्णय यसरी नै स्वतन्त्र भै गर्नुपर्छ।

मेरा कारण लाखौं जनताको मन दुखेको मलाई अनुभुत भएको छ, त्यसकारण म क्षमा चाहन्छुँ तर पहिचानको आन्दोलनको सिपाही हुँ। कहिल्यै हार मान्नेवाला छैन। म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ। रन्जितालाई सम्झाउन नसक्नु मेरो विवसता हो, हार होईन।

मान्नैपर्छ, दुख दैबले मेरो थाप्लोमा थुपारेरै पठाएको हो।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस