अत्तरिया (कैलाली), माघ २५- नेपाली कांग्रेसका नेता रामशरण महतले वर्तमान गतिरोध अन्त्यका लागि राष्ट्रपतिले कदम चाल्नुपर्ने बताएका छन्। बुधबार धनगढीमा सञ्चारकर्मीसित कुरा गर्दै नेता महतले राजनीतिक सङ्कट बढ्न नदिन राष्ट्रपति अघि बढ्नुको विकल्प नभएको बताए।
उनले वर्तमान सरकार र एमाओवादीकै कारण देश गम्भीर सङ्कटमा परेको बताउँदै त्यसका लागि राजनीतिक सहमति आवश्यक भएको बताउनुभयो। सहमतिका लागि एमाओवादी गम्भीर नभएकाले आन्दोलन आवश्यक भएको उनको भनाइ थियो।
उनले राष्ट्रिय चरित्रको सरकार बनाई निर्वाचनमा जानु नै अहिलेको गतिरोधको सही समाधान हो भने। संविधान र संवैधानिक अङ्गहरूलाई निस्त्रि्कय पारेर अहिलेको सरकार अधिनायकवाद लाद्न उद्दत रहेको उनको आरोप थियो। रासस