काठमाडौं, माघ २२- विपक्षी दलका नेताहरूले एमाओवादी सर्वसत्तावाद, हत्या, हिंसामा मात्र नभई भ्रष्टाचारमा पनि अधिक मात्रामा लिप्त भएको बताएका छन्। उनीहरूले संविधान सभाको निर्वाचन र राष्ट्रिय सरकारको गठन नै अहिलेको सर्वोत्तम विकल्प भएको पनि बताए।
रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा उनीहरूले सबै दल मिलेर उसलाई पाठ पढाएमात्र लोकतन्त्रको संरक्षण हुने बताए। सो अवसरमा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संविधानसभाको निर्वाचन हुने प्रत्याभूति सरकारले दिए सुशील कोइरालाको विकल्पमा छलफल गर्न सकिने बताउँदै स्वतन्त्र व्यक्ति वा साना दलको नेतृत्व भने आफ्नो दललाई स्वीकार्य नभएको बताए।
नेकपा (एमाले) का नेता भीम रावलले सरकारले निर्वाचन नचाहेको दाबी गर्दै सर्वसत्तावाद, हत्या, हिंसामा लिप्त अहिलेको सरकार विघटन हुनुपर्ने बताए। नेकपा (माले)का महासचिव सिपी मैनालीले एमाओवादीको महाधिवेशनले कस्तो नीति लिन्छ भन्ने कुरा आफूहरूका लागि सरोकारको विषय भएको बताए। रासस