सुपर एट थप रोमाञ्चक बन्ने
११ माघ २०६९
•
६ मिनेट पाठ
सुपर एट थप रोमाञ्चक बन्ने
काठमाडौं, माघ १२ (नागरिक)- सहिद स्मारक रेडबुल ए डिभिजन लिगको सुपर 'एट' मा पुग्न बिहीबार नेपाल पुलिस क्लबसँग जित बाहेकको विकल्प थिएन। पहिलो चरणको अन्तिम खेल जितेमात्र पुलिस सुपर एट पुग्ने अवस्था थियो। हार वा बराबरीले लगातार तीन पटकको च्याम्पियन पुलिस सुपर 'एट' खेल्नबाट बञ्चित हुने थियो।

प्रतिद्वन्द्वि थियो अघिल्लो दिन मात्र रेलिगेसनबाट जोगिएको सामसुङ जावलाखेल युथ क्लब। त्यस्तोमा जावलाखेल जति दबाबमुक्त थियो, त्यो भन्दा निकै दबाबमा थियो पुलिस। तर त्यहि दबाबकाबीच आवश्यक जित निकाल्दै पुलिसले अघिल्लो चरणको यात्रा निश्चित गरेपछि सुपर एट थप रोमाञ्चक बन्ने सम्भावना बढेको छ। पुलिसलाई १-० को जितमा निर्णाय भुमिका रह्यो चेतन घिमिरेको। झन्डै साढे दुई बर्षपछि उनको गोलले टोलीले महत्वपूर्ण जित हासिल गर्योण। ७३ औं मिनेटमा भोला सिलवालले क्रसलाई चेतनले हेड गोल गरेपछि पुलिसले राहत महसुस गरेको थियो।
जितपछि समान २३ अंक भएको सिम्रिक सरस्वतीलाई हेड टु हेडका आधारमा पछि पार्दै पुलिस सुपर एटमा प्रवेश गरेको हो। सरस्वतीविरुद्ध पुलिस ३-० ले विजयी भएको थियो।
खेलपछि पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले दबाबमुक्त देखिए। ' अति नै रिफिल भयो। जावलाखेल रेलिगेसनबाट जोगिएकोले उसलाई प्रेसर थिएन। त्यसैले डर पनि लागेको थियो,' उनले भने,' जावलाखेल ड्र गर्ने मनस्थितिका साथ ५ रक्षकका साथ उत्रेको थियो। जसले हामीलाई क्रिएटिभ फुटबल खेल्न बाध्य भयौं। तर त्यसका लागि खेलाडी फिट हुन जुरुरी हुन्थ्यो। हामीसँग सुरुबाटै त्यसैको समस्या छ।'
खेललाई बराबरी हुनबाट रोक्दै पुलिसका गोलकिपर रितेश थापाले चेतन जत्तिकै भुमिका निर्वाह गरे। अन्तिम मिनेटमा पेनाल्टी बक्सबाट जुमा बेन्लीको शक्तिप्रहारलाई रितेशले पन्च गर्दै टोलीको सुपर एट यात्रालाई सुरक्षित पारेका थिए। उता पुलिसले पहिलो हाफमा दुई पटक सम्म अग्रता लिने मौका खेर गएको थियो। ३१ औं मिनेटमा पर्वत पाण्डेले झन्डै २५ यार्डबाट प्रहार गरेको फ्रिकिकमा भोलाले हेड गर्दा बल पोस्टको निजकबाट गयो भने ४४ औं मिनेटमा योगेशको कडा प्रहार क्रसबारमाथि बाट बाहिरियो।
दबाबमा पनि खेल्ने छविलाई पुलिसले बिहीबारको खेलमार्फत पुनः पुष्टि गरेको छ। यसपटक सुपर एटका लागि संघर्षरत पुलिस २०६३ को लिग उपाधि जित्न अन्तिम खेलमा आर्मीलाई जित्नै पर्ने थियो। आर्मीले बराबरी गरे पहिलो पटक च्याम्पियन बन्ने थियो। त्यस्तो खेलमा २-० को जित हासिल गर्दै पुलिस पहिलो पटक लिग च्याम्प्यिन बन्यो र त्यसपछि लगातार पछिल्लो बर्षसम्म उपाधि रक्षा गरिरह्यो। लिग र नकआउट अन्य खेलमा पनि दबाबका बीचबाट पनि पुलिसले थ्रुपै जित निकालेको छ।
लिगको सुरुआतमा पुलिसले सुपर एटकै लागि संघर्ष गर्नुपर्ने अनुमान नगरिएको प्रशिक्षक श्रेष्ठले प्रष्ट पारे। 'शीर्ष ८ मा पर्ला भन्ने सोचेको थिएन। कम्तिमा एपिएफ, संकटा, बौद्ध, मध्यपुरलगायत ७ क्लबलाई जित्ने अपेक्षा थियो। त्यस हिसाबले २१ अंक पक्का र अन्य खेलमा कम्तिमा ३३ अंकका साथ अघिल्लो चरण पुग्ने लक्ष्य थियो,' उनले भने,' तर सोचे अनुरुपको नतिजा ल्याउन सकेनौं। राम्रो खेल्दा पनि स्कोरिङमा समस्या रह्इो।'
पुलिसले उपाधि जित्ने सम्भावनका विषयमा श्रेष्ठको भनाई थियो,' थ्री स्टार र मनाङबीच शुक्रबार हुने खेलबाट मात्र त्यस्को अनुमान लगाउन सकिन्छ। मनाङ जिते सबैको सम्भावना रहन्छ। थ्री स्टार जिते हाम्रो होइन, लगभग मनाङकै पनि उपाधि जित्ने कठिन पर्नेछ।'
रेलिगेसनबाट मुक्त भएपनि पुलिसविरुद्ध सम्मानका लागि खेलेको जनाउँदै जावलाखेलका प्रशिक्षक किशोर केसीले भने,' हामीले राम्रै खेल्यौ। मौका पनि पाएका हौं तर गोल भएन।' प्रतिवद्धता अनुरुप टोलीलाई रेलिगेसनबाट बचाउन सफल भएको उल्लेख गर्दै केसीले क्लब व्यवस्थापनले समयमै सोचेन भने अर्को बर्ष रेलिगेसनमा क्लबको पालो आउने संकेत गरे। ' अर्को बर्षका लागि क्लबले समयमै सोच्नु पर्छ। नत्र अर्को बर्ष रेलिगेसनमा पर्ने पाल आउन सक्छ,' उनको सुझाव थियो,' मुख्य, सहायक, गोलकिपर प्रशिक्षक र टेक्निकल डाइरेक्टरको व्यवस्था गरेर बेलैमा तयारी सुरु गरेमात्र राम्रो हुन्छ। अन्यथा गाह्रो हुन्छ।'


अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस