काठमाडौं, माघ ११ (नागरिक)- रारा-आहा गोल्डकप खेल्न पोखरा पुगेका फ्रेन्ड्स र आर्मी क्लबका १० खेलाडी खेल्नबाट वञ्चित भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार मात्र फ्रेन्ड्सका ६, आर्मीका चारसहित ४२ खेलाडीलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा डाकेका कारण उनीहरूले खेल्न नपाएका हुन्। आहामा बुधबार फ्रेन्ड्स र आर्मीबीच प्रतिस्पर्धा भएको थियो।
पोखरा पुगेलगत्तै मंगलबार राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेको खबर पाएपछि १० खेलाडी काठमाडौं फर्किएका छन्। फ्रेन्ड्सका सागर थापा, दीपक भुसाल, निराजन खड्का, जगजित श्रेष्ठ, प्रकाश बुढाथोकी र सन्तोष तामाङ तथा आर्मीबाट जितेन्द्र कार्की, राजु तामाङ, भरत खवास र नवयुग श्रेष्ठ छन्। फ्रेन्ड्सका अध्यक्ष रत्नशम्शेर राणाले समयमै खबर नहुँदा समस्या परेको बताए।
'बुधबारको खेललाई हतारमा कोही खेलाडी हवाइजहाजमा कोही बसमा पोखरा पुगे। तर मंगलबार राती मात्र खेलाडी फर्काउन अनुरोध आयो,' राणाले भने, 'समयमै खबर गरेको भए अन्य क्लबका खेलाडी लगेर पनि खेलाइन्थ्यो। त्यो गर्न पाइएन। गोलकिपर पनि घाइते भए। खेल पनि हारियो।'