काठमाडौं, माघ १० (नागरिक)- आहा रारा गोल्डकप खेल्न पोखरा पुगेका एनआईबिएल फ्रेन्ड्स क्लब र आर्मीका १० खेलाडी खेल्नबाट बञ्चित भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार मात्र फ्रेन्ड्सका ६, आर्मीका चारसहित ४२ खेलाडीलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा डाकेका कारण उनीहरु अचानक काठमाडौं फर्किनु पर्ने भएको हो।
आहा गोल्डकपमा आज (बुधबार) फ्रेन्ड्स र आर्मीबीच प्रतिस्पर्धा हुँदैछ। पोखरा पुगेलगत्तै मंगलबार राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेको खबर पाएपछि दश खेलाडी काठमाडौं फर्किएका छन्। फ्रेन्ड्सका सागर थापा, दीपक भुसाल, निराजन खड्का, जगजित श्रेष्ठ, प्रकाश बुढाथोकी र सन्तोष तामाङ आर्मीबाट जितेन्द्र कार्की, राजु तामाङ, भरत खवास र नवयुग श्रेष्ठ राष्ट्रिय टोली बन्द प्रशिक्षण बोलाइएका छन्।
काठमाडौं फर्किने तयारीमा पोखरा विमानस्थलमा खेलाडी। तस्विर सौजन्यः उमेश पुन