काठमाडौं, माघ ४ (नागरिक)- नेपाल बार एसोसिएसनको निर्वाचनमा माओवादी-एमाले गठबन्धनका संयुक्त उम्मेद्वार हरिकृष्ण कार्की ३ हजार २ सय ५७ मत प्राप्त गरी विजयी भएका छन्। माओवादी-एमाले प्यानल अध्यक्ष सहित ९ सिटमा विजय भएको छ। कांग्रेस पक्षधरले महासचिव सहित ८ सिट जितेको छ।
शनिबार भएको मतदानको परिणाम बिहीबार अपराह्न आएको हो।
पाँच विकास क्षेत्रबाट उपाध्यक्षमा निर्वाचित हुनेहरुमा पूर्वाञ्चलबाट जनक पाण्डे (३३०१), मध्यामाञ्चलबाट टीकाराम भट्टराई (३५७४), पश्चिमाञ्चलबाट अनिता गुरुङ (३३११), मध्यपश्चिमाञ्चलबाट पदमप्रसाद वैदिक (३१३६) सुदूरपश्चिमाञ्चलबाट राजेन्द्र साउद (३२६६) छन्।
यस्तै महासचिवमा सुनिलकुमार पोखरेल (३५०५) र कोषध्यक्षमा मोहन इङ्नाम (३२१४) विजयी भएका छन्।
निर्वाचित सदस्यहरुमा गजेन्द्रशंकर तिमिला, गणेशप्रसाद अधिकारी, सागर विष्ट, प्रशन्नकृष्ण दास, विनिता कार्की, लक्ष्मीदेवी दाहाल, केदारप्रसाद कोइराला, सरस्वती श्रेष्ठ र राज्यलक्ष्मी बज्राचार्य छन्।