काठमाडौं–प्रधानमन्त्री केपी ओलीले नयाँ वर्षको अवसर पारेर सरकारले ६ महिनामा गरेको कामको जानकारी जनतालाई गराउने भएका छन्। प्रधानमन्त्री ओलीले नयाँ वर्षको शुभकामना दिन मंगलबार साँझ पाँच बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका हुन्।प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीले सरकारका मन्त्रीसहित देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। 'नयाँ वर्षको शुभकामना दिन आज (मंगलबार) प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने तय भएको छ,' प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भने।
प्रधानमन्त्रीले नयाँ वर्षको शुभकामनासँगै सरकारले ६ महिनामा गरेको कामको फेहरिस्त पनि सुनाउने छन्। स्रोतका अनुसार प्रधानमन्त्रीले नाकाबन्दी अन्त्य, भारतसँगको सम्बन्ध सुधार, राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सरकार सक्षम रहेको दाबी आफ्नो सम्बोधनमा गर्नेछन्। सरकारकाे नेतृत्व गरेपछि प्रधानमन्त्री अाेलीले छिमेकी मुलुक भारत र चीनकाे अाैपचारिक भ्रमण गरेका छन्।
उता संविधानप्रति असन्तुष्ट जनाउँदै अान्दाेलनमा हाेमिएकाे मधेसी माेर्चाेले भने सरकारले अाफ्नाे माग पूरा नगरेकाे भन्दै वैशाख देखि अान्दाेलन थाल्ने चेतावनी दिँदै अाएकाे छ। माग सम्बाेधन गर्न चैत मसान्तसम्मकाे समय दिएकाे माेर्चा र सरकारबीच याेबीचमा वार्ता हुन सकेकाे छैन्।
२९ चैत्र २०७२
•
२ मिनेट पाठ