रमेश खतिवडा, दोलखा, पुस १९- कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले समयमै स्वतन्त्र र निस्पक्ष निर्वाचन र राजनितिक संकट सामाधानका निम्ति सभापति सुशील कोइरालालाई प्रधानमन्त्री स्वीकार्नु बाहेकको विकल्प नरहेको बताएका छन्।
राजनितिक सहमतिबिना निर्वाचन र संकट सामाधानको उपाय नभएको बताउँदै देउवाले कोइरालाबाहेक अन्य स्वतन्त्र व्यक्तिका विषयमा सहमति हुनै नसक्ने बताए।
दोलखाको लामावगर गाउँमा रहेको गौरीशंकर उच्च माविको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले संकट सामाधानका निम्ति गम्भिर भएर लाग्न एकीकृत माओवादीलाई आग्रह गरे। उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई स्वतन्त्र व्यक्तीको नारा दिएर सहमति बिगार्ने बाटो छाडेर कोइरालाको नेतृत्व स्विकार गर्न पनि आग्रह गरे।
नेता देउवाले केही समयका लागि संविधान सभाको पुनःस्थापना गरेर सहमतिको आधारमा संविधान निर्माण गरी चुनावमा जानुपर्ने आफ्नो प्रस्ताव कसैले नमानेकाले अहिले राजनीतिक सङ्कट देखिएको बताए। उनले संविधान नबने राष्ट्रको विकास पनि पछि धकेलिने बताउँदै राष्ट्रपतिले दिएको पछिल्लो समयसीमाभित्रै सहमति हुनुपर्नेमा जोड दिए।
सदरमुकामबाट करिब ५० किलोमिटर पर माथिल्लो तामाकोशीको आयोजनास्थल नजिक रहेको विद्यालय उद्घाटन गर्न बुधबार आएका उनले तामाकोशी आयोजनाको निरीक्षणसमेत गरेका थिए। उनले तामाकोशी निर्माणमा जिल्लाका दलहरु बिचको एकता र सहमती प्रति खुसी व्यक्त गरेका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युतप्रसाद आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस दोलखाका सभापति ताराबहादुर कोइराला, एमाले दोलखाका अध्यक्ष पार्वत गुरुङ, माथिल्लो तामाकोशी आयोजनाका प्रमुख विज्ञान श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर खड्काले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिएऽ विसं २००९ सालमा प्राविको रुपमा स्थापना भएको विद्यालयमा अहिले उच्च माविको पढाई हुने गरेको छ।