३३६ घन्टा जहाँको त्यहीँ
२१ मंसिर २०६९
•
८ मिनेट पाठ
३३६ घन्टा जहाँको त्यहीँ
काठमाडौं, मंसिर २२ (नागरिक) - यथाशक्य चाँडो सहमतीय सरकारसहित निकासको प्याकेजमा सहमति जुटाउन बहुपक्षीय छलफल सुरु गरेका प्रमुख राजनीतिक दल अन्ततः १४ दिने (३३६ घन्टे) यात्रा जहाँबाट सुरु गरेका थिए, त्यहीँ छन्। पटकपटकका आग्रह अवज्ञा भएपछि राष्ट्रपति रामवरण यादवले सात दिनभित्र सहमतीय सरकारमा सहमति जुटाउन अन्तरिम संविधानको धारा ३८ (१) अनुसार गत मंसिर ८ गते दलहरुलाई आह्वान गरेका थिए।
 
बहुपक्षीय छलफलसमेत नगरी सात दिन गुजारेपछि राष्ट्रपति यादवले मंसिर १४ गते उनीहरुकै आग्रहमा सात दिन थपेका थिए।
दोस्रो चरणको सात दिनमा विभिन्न चरणमा छलफल भए पनि सत्तारुढ माओवादी आग्रहमा कांग्रेसले सहमतीय प्रधानमन्त्रीमा सभापति सुशील कोइरालालाई अघि सार्नेबाहेक दलहरुले सहमतितर्फ एक कदम पनि चाल्न सकेनन्।
बिहीबार अन्तिम पहल गर्न विशेष समिति सचिवालय नयाँ बानेश्वरमा बसेको प्रमुख तीन दल र मधेसी मोर्चाको बैठकमा एकीकृत माओवादी र कांग्रेस-एमालेले आफ्ना अडान नछाडेपछि राष्ट्रपतिसँग फेरि सात दिन म्याद माग्ने समझदारी गर्दै नेताहरु बाहिरिएका थिए। उनीहरुले शीतल निवाससँग बिहीबार साँझका लागि राष्ट्रपतिको समय मागे पनि राष्ट्रपति यादवले शुक्रबार बिहान ८:३० बजे डाकेका छन्।
'प्रमुख दलका शीर्ष नेतालाई भोलि आज बिहान राष्ट्रपतिले छलफलका लागि बोलाउनुभएको छ,' राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले नागरिकसँग भने। राष्ट्रपतिले १४ दिनमा राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा दलहरुबीच सहमतिका लागि भएका प्रगतिबारे शीर्ष नेतासँग जिज्ञासा राख्ने शीतल निवास स्रोतको भनाइ छ।
'सहमतिको सरकार गठनका लागि दलहरुबीच कुन-कुन विषयमा सहमति भयो, बाँकी विषयमा किन सहमति जुट्न सकेन भन्ने नेतासँग राष्ट्रपतिले जानकारी लिनुहुन्छ,' स्रोतले भन्यो, 'सहमतिका लागि कति समय आवश्यक पर्ने हो, उहाँहरुसँगको छलफलपछि मात्र समयका विषयमा निर्णय हुन्छ।'
राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि दोस्रोपटक दिएको समय बिहीबार नै सकिएको छ। राष्ट्रपतिलाई यही अवधिमा सहमति गर्ने आश्वासन दिएका प्रमुख दलका शीर्ष नेताले अहिलेसम्म सहमतिको सरकार गठन हुने ठोस आधार तय गर्न
सकेका छैनन्।
नेताहरुसँगको भेटमा राष्ट्रपतिले अब पनि थपिएको समयभित्र दलीय सहमति निर्माण हुन नसक्ने अवस्थामा निकासका लागि आगामी बाटो के हुन्छ भन्नेमा नेतासँग राय लिनेछन्।
एकीकृत माओवादीले बुधबारको बैठकमा संविधानका अन्तर्वस्तुमा सहमति नगरी सरकार नछाड्ने स्पष्ट अडान राखेका थिए। कांग्रेसले भने संविधानको टुंगो नयाँ संविधानसभालाई छाड्न आग्रह गर्दै आफ्ना सभापतिको नेतृत्वमा सहमतीय सरकार बनाउनुपर्ने बैठकमा अडान लिएको थियो। दुवै पक्ष लचिलो नभएपछि बिहीबारको बैठकमा पनि सहमति जुट्न सकेन। नेताहरुका अनुसार तत्काल सहमति जुट्ने छेकछन्द पनि छैन।
'संविधानका अन्तर्वस्तुमा सहमति नभएसम्म हामीले सरकार छाड्दैनौं भनेर माओवादी र मोर्चाले स्पष्ट कुरा राखे,' बैठकपछि एमाले उपाध्यक्ष बामदेव गौतमले संवाददातासँग भने, 'यसले माओवादी सहमति गर्नेतर्फभन्दा पनि कुनै न कुनै बहानामा सत्ता लम्ब्याउनमात्रै चाहन्छ भन्ने स्पष्ट भएको छ, यसले सहमतिको सम्भावना देखिएको छैन।'
बैठकमा माओवादी र मोर्चाले अघिल्लो संविधानसभामा विवादित राज्यको शासकीय स्वरुप, संघहरुको संख्या, स्वरुपलगायत विषयमा सहमति नभई सरकार हस्तान्त्रण गर्न नसकिने धारणा राखेको थियो।
कांग्रेस-एमालेका नेताले भने संघीय लोकतान्त्रिक गणतन्त्रमा आफूहरु प्रतिबद्ध भएको जनाउँदै संविधानका अन्तर्वस्तुमा अहिले सहमति गर्ने हो भने संविधानसभा चुनावको कुनै अर्थ नहुने भन्दै माओवादी प्रस्तावलाई अस्वीकार गरेका थिए। 'माओवादीको यथास्थितिवादी सोचबाट अहिलेको गठबन्धन सरकारलाई निरन्तरता दिइरहने मनशाय रहेको देखियो,' बैठकमा सहभागी कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले भने, 'केही दिनअघि लचिलो देखिएको माओवादी बुधबार र बिहीबारको बैठकमा कडा रुपमा प्रस्तुत भयो, वैशाखमा हुने निर्वाचन भाँड्ने र सहमति नगराउने रणनीति ऊ देखियो।'
माओवादीले भने सरकारमात्र खोजेर प्याकेजमा सहमति गर्न कांग्रेस-एमाले तयार नभएपछि टुंगोमा पुग्न नसकेको जनाएको छ। 'कांग्रेस-एमाले सरकारमा मात्रै केन्द्रित भए,' माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, 'हामी प्याकेजमा सहमति भएर सबै समस्या समाधान भएपछिमात्रै सरकार हस्तान्तरण गर्छौं भन्ने पक्षमा छौं।'
बैठकमा कांग्रेस एमालेले संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशी निर्वाचन प्रणालीमा आफूहरु प्रतिबद्ध भएको जनाउँदै संविधानका अन्तर्वस्तुमा संविधानसभाको क्षेत्राधिकार मिचेर पहिले नै सहमति गर्न नमिल्ने धारणा राखेका थिए। 'संविधानसभा निर्वाचन हुँदैछ, त्यो संविधानसभाले गर्नुपर्ने काम आज हामीले यही गर्ने हो भने संविधानसभा निर्वाचन किन आवश्यक पर्यो ?' गौतमले प्रश्न गरे, 'संघीय लोकतान्त्रिक गणतन्त्रमा हामी प्रतिबद्ध छौं, अरु के कुरामा शंका छ, त्यो त अनेक हिसाबले सत्ता लम्ब्याउने, कुर्चीमा बसिरहने चालबाजीमात्रै हो भन्यौं।'
तेस्रोपटक सात दिन दिँदा पनि प्रतिपक्षी दलले भने सहमति हुनेमा आशंका व्यक्त गरेका छन्। 'मिल्ने छाँटकाट मैले देखेको छैन,' गौतमले भने, 'अब प्रतिपक्षले आन्दोलन गर्ने, सत्तापक्षले दमन गर्ने र आन्दोलन गर्ने, बीचमा कसले जित्छ, त्यसैले टुंगो लगाउँछ।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस