काठमाडौं, मंसिर १७ (नागरिक) - सहिद स्मारक ए डिभिजन लिगको २०औं खेलमा आएर विभागीय टोलीले पहिलो सफलता पाएको छ। सुरुआती दुवै खेल गुमाएको एपिएफले शनिबार रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनलाई ३-२ ले हराउँदै लिगमा पहिलो अंक जोडेको हो। तीन खेलमा नेपाल पुलिस र दुई खेलमा त्रिभुवन आर्मी विजयविहीन छन्।
१० खेलाडीमा सीमित भएर खेलेको अन्त्य गरे पनि एपिएफको जितलाई मध्यपुरले रोक्न सकेन। ८५औं मिनेटमा गोलरक्षक विक्रम गुरुङले दोस्रो पहेँलो कार्ड पाएपछि एपिएफ १० खेलाडीमा सीमित भएको थियो। विपक्षी कप्तान जीवन सिन्केमानलाई पेनाल्टी बक्सभित्र फाउल हानेपछि पहेँलो कार्ड पाएका विक्रमले लगत्तै रेफ्री नविन्द्र महर्जनसँगको विवादमा दोस्रो पहेँलो कार्ड पाए। विक्रम बाहिरिएपछि पोस्टको जिम्मेवारी अर्का गोलकिपर समित राजभण्डारीले सम्हाले। उनी गणेश लावतीको सट्टा मैदान प्रवेश गरेका थिए।
विक्रमको फाउलमा प्राप्त पेनाल्टी ८८औं मिनेटमा बालगोपाल साहुखलले गोलमा परिणत गरेपछि खेल ३-२ को रोमाञ्चक मोडमा पुगेको थियो। तर त्यसपछि मध्यपुर थप गोल गर्न असफल भयो र लिगमा पहिलो हार स्वीकार्न बाध्य भयो। लिगमा सनसनीपूर्ण सुरुआत गर्ने क्रममा साविक विजेता पुलिसलाई १-१ को बराबरीमा रोकेको मध्यपुरले अर्को खेलमा मच्छिन्द्रसँग गोलरहित बराबरी खेलेको थियो।
दुई विदेशी खेलाडी उतार्नका बाबजुत मध्यपुरले अघिल्ला दुई खेलको प्रदर्शनलाई निरन्तरता दिन सकेन। मध्यपुरका प्रशिक्षक उपेन्द्रमान सिंहले केही खेलाडी घाइते भएका कारण बाध्यतावश विदेशील खेलाउनुपरेको बताए। 'हामीसँग वैकल्पिक खेलाडी छैनन्। सेटका खेलाडी घाइते भएकाले विदेशी खेलाउन बाध्य भयौं,' उनले भने, 'तर उनीहरूले सोचेअनुरुप प्रदर्शन गर्न सकेनन्।'
मध्यपुर १८औं मिनेटमा गणेश लावतीको गोलबाट १-० ले पछि पर्यो। राजेन्द्र रावलको पासमा पेनाल्टी बक्सभित्रबाट गणेशले पहिलो बारमा गोल गरे। मध्यान्तर हुन ६ मिनेटअघि कप्तन जीवनले सनसनीपूर्ण गोल गर्दै खेललाई १-१ को बराबरी ल्याएका थिए।
झन्डै ३५ यार्ड टाढाबाट उनको प्रहारमा बल गोलमा परिणत हुँदा विपक्षी किपर हेरेको हेरै भए। तर मध्यपुरको हारमा जीवनको गोल छायाँमा पर्यो। त्यसका बाबजुत प्रशिक्षक सिंहले जीवनको तारिफ गरे। 'कप्तान भएका नाताले उनीमाथि ठूलो दायित्व छ, सिंहले थपे, 'अनुभवी खेलाडी पनि हुन्। उनले खेलमा केही न केही विशेष गरेकै हुन्छन्। आजको गोल स्तरीय थियो।'
५७औं मिनेटमा राजेन्द्रको गोलबाट एपिएफ दोस्रोपटक अग्रता लिन सफल भयो। मिलन राईको कर्नरमा राजेन्द्रले नजिकबाट हेडमा गोल गरे। ७६औं मिनेटमा गणेशले पेनाल्टीमा गोल गर्दै टोलीलाई जिततर्फ अग्रसर गराए। नवीन लामालाई मध्यपुरका विवेकप्रताप पन्तले पेनाल्टी बक्सभित्र फाउल हानेपछि एपिएफले पेनाल्टी पायो।
एपिएफका प्रशिक्षक जनक सिंहले जितपछि टोलीलाई राहत मिलेको बताए। 'दुई खेल हारेका कारण हामीलाई जित्नैपर्ने दबाब थियो। आज गोलकिपरसहित चार खेलाडी परिवर्तन गरेका थियौं,' उनले भने, 'त्यसैले आजको खेलमा स्पिड र जोश दुवै थियो। अब विस्तारै हाम्रो खेल मिल्दै आएको छ।'
हारपछि दबाब बढेको जनाउँदै मध्यपुरका प्रशिक्षक सिंहले भने, 'अहिलेको लिगमा कोहीभन्दा कोही कम छैनन्। त्यसले हाम्रो तनाव थपिएको छ।' उनले ब्रिटिस गोर्खा कप र एनसेल कपमा भन्दा गोलकिपर विकेश कुथुको प्रदर्शन खस्केको औंल्याए।
जितपछि एपिएफ ३ अंकसहित १०औं स्थानमा उक्लँदा मध्यपुर (२) ११औं स्थानमा झरेको छ।
मनाङको दोस्रो जित
बौद्ध फुटबललाई ४-१ ले हराउँदै लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दीले लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ। निकै मेहनतपछि ४०औं मिनेटमा पहिलो गोल गरेको मनाङले बाँकी ३ गोल दोस्रो हाफमा गरेको थियो। अनिल गुरुङको क्रसमा अविन लियोनल स्टेफनले हेडमार्फत गोलको खाता खोले।
६२औं मिनेटमा शिव श्रेष्ठले टोलीका लागि दोस्रो गोल गरे। सुलभ मास्केको चलाखीपूर्ण पासमा शिवले पेनाल्टी बक्सको लाइनबाट शक्तिशाली प्रहार गर्दा बल विपक्षी गोलरक्षकको हातमा लाग्दै बल गोलमा परिणत भयो। कप्तान अनिलले पेनाल्टीमा ७३औं मिनेटमा अर्को गोल थपे। पेनाल्टी बक्समा मानबहादुर तामाङको बल ह्यान्ड भएपछि मनाङले पेनाल्टी पायो। जारी लिगमा अनिलको त्यो पहिलो गोल थियो।
मनाङबाट पहिलो खेल खेलेका फिल्स सर्जियो चिकोले ७६औं मिनेटमा अन्तिम गोल गरे। सुलभको क्रसमा उनले हेडमा गोल गरेका थिए। मनाङबाट पहिलो गोल गरेका स्टेफनले खेल सकिन तीन मिनेट बाँकी रहँदा आत्मघाती गोल गरे पनि त्यसले नतिजालाई फरक पारेन।
पहिलो हाफमा वान भर्सेस वानका दुई प्रहारलाई गोलरक्षक इमानुयलले रोक्दै मनाङको संकट टारेका थिए। उनले इन्जुरी समयमा पहिलो मिनेटमा बुद्ध लामा र लगत्तै सुमन लामाको प्रहार रोकेका थिए।
'दोस्रो हाफमा समयमै गोल निस्केकाले जित सहज भयो,' मनाङका प्रशिक्षक कृष्ण थापाले भने, 'रक्षकले गल्ती गर्दा पहिलो हाफमा बराबरीको खतरा भएको थियो। तर गोलकिपरले राम्रो बचाए।'
राम्रो टिमसँग हारेको जनाउँदै बौद्धका प्रशिक्षक किरण श्रेष्ठले, 'सेटका सबै खेलाडी छैनन्। अर्को कुरा हामीसँग सुरुदेखि नै स्कोरिङमा समस्या छ।'
तीन खेलमा मनाङको अंक ७ पुगेको छ। शीर्ष स्थानको मच्छिन्द्रसँग समान अंक भए पनि गोलअन्तरमा पछि परेको मनाङ दोस्रोमा छ। एकमात्र अंकविहीन टोली बौद्ध पुछारमा छ।
लिगमा आइतबार
जावलाखेलविरुद्ध बाँसबारी (१२३०)
थ्री स्टारविरुद्ध फ्रेन्ड्स (२३०)