एपिएफको लगातार दोस्रो हार
१० मंसिर २०६९
•
७ मिनेट पाठ
एपिएफको लगातार दोस्रो हार
काठमाडौं, मंसिर ११ (नागरिक)- मनाङ् मर्स्याङ्दी र जावलाखेल युथले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित दर्ता गराउँदा विभागीय टोली एपिएफ (सशस्त्र प्रहरी) लगातार दोस्रो खेलमा पनि निराश भएको छ।

आइतबार चार विदेशी खेलाडी उतारेको जावलाखेलले एपिएफलाई ३-१ ले हराउनु अघि मनाङले सिमि्रक सरस्वतीलाई समान अन्तरमा पराजित गरेको थियो।
पहिलो खेलमा आफै सिएमजी क्लब संकटासँग बराबरीमा रोकिनु र थ्री स्टारलाई स्तब्ध पारेको सरस्वतीसँग मनाङ १-० पछि परेपछि लिगमा अर्को अप्रत्यासित नतिजा निस्कने सम्भावना बढेको थियो। तर दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै मनाङ खेलमा फर्कियो र तीन अंक बटुल्न सफल भयो। एक जित र एक बराबरीपछि ४ अंकका साथ दोस्रो स्थानमा उक्लेको छ। समान अंक भएपनि गोलअन्तरमा मच्छिन्द्र शीर्ष र संकटा तेस्रो स्थानमा छन्।

थ्री स्टारविरुद्ध पहिलो गोल गरका रमेश तामाङ घिसिङले मनाङविरुद्ध ३२ औं मिनेटमा गोल गर्दा मनाङ झस्किनुपर्‍यो। एकल प्रयासमा पेनाल्टी बक्सको केही बाहिरबाट घिसिङले बायाँ खुट्टाले गरेको शक्तिशाली प्रहार क्रसबारको भित्रीभागमा लाग्दै गोलमा परिणत भएपछि मनाङ स्तब्ध भएको थियो।

सरस्वतीका प्रशिक्षक ध्रुब केसीले अनभुवको कमीले अग्रता जोगाउन नसकेको जनाउँदै भने,' मिडफिल्डमा बल होल्ड गर्न नसक्नु नै हाम्रो मुख्य कमजोरी हो। यद्दपी मनाङ हामीभन्दा सबै पक्षमामा माथि छ।'

केसीले भने जस्तै टोली दोस्रो हाफमा सम्हालिन नसक्दा मनाङ १० मिनेटको अन्तरमा दुई गोल फर्काउन सफल भयो। नविन न्यौपानेको कर्नरमा सुजल श्रेष्ठले ५४ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएपछि सरस्वती रक्षात्मक खेल्न थाल्यो। तर पनि गोल रोक्न सकेन, ६४ औं मिनेटमा मविल स्टेफनको गोलमा मनाङले अग्रता लियो। नविनको फ्रिकिकलाई अनिल गुरुङ हेडमार्फत पोस्ट अगाडी खसालेको बलमा स्टेफनले सहजै 'वान टच'मा गोल गरेका थिए। निश्चित जिततर्फ लम्किएको मनाङका लागि अमिर श्रेष्ठले इन्जुरी समयको पहिलो मिनेटमा पेनाल्टी बक्स भित्रबाट गोल थपे। काउन्टर एट्याकमा सुनिल विकेले पेनाल्टी बक्समा पुर्‍याएर पास दिन अलमल गर्दा विपक्षी रक्षकले क्लियर गर्न खोजेको बल भेट्टाएका अमिर त्यहिबाट गोल गर्न सफल भएका थिए।

मनाङका प्रशिक्षक कृष्ण थापाले दोस्रो हाफमा लगातार आक्रमणपछि खेल उल्टाउन सफल भएको बताए। 'थ्री स्टारलाई हराउनु , अनि हामीलाई पनि गोल हानेपछि केही दबाब त भएकै थियो,' उनले भने,' तर खेलमा फर्कनेमा मलाई विश्वास थियो। दोस्रो हाफमा लगातार पोष्ट आक्रमण भयो र गोल निस्कियो। आज हारेको भए शीर्ष ८ कै लागि पनि गाह्रो पर्न सक्थ्यो।'

विदेशी खेलाडीले पहिलो खेलमै प्रभाव जमाउँदा गत बर्ष तेस्रो स्थानमा लिग अन्त्य गरेको जावलाखेल एपिएफविरुद्धको दोस्रो खेलमै सम्हालिएको छ। पहिलो खेलमा मच्छिन्द्रसँग ५-१ को फराकिलो हार बेहोरेपछि धेरै जावालखेलमाथि रेलिगेसनको खतरा बढेको अनुमान गरेका थिए। तर, त्यसमा प्रशिक्षक किशोर केसीले गुनासो गरे,' एक दुई खेल्दैमा रेलिगेसनमा पर्ने वा नपर्ने भन्ने हुँदैन। ६-७ राउन्ड सकिएपछि मात्रै आकलन गर्न सकिएला। ' उनले विदेशी खेलाडी सेट भैनसकेकोले तालमेल मिल्न बाँकी रहेको उल्लेख गर्दै केही दिनमा त्यसमा पनि सुधार आउने विश्वास व्यक्त गरे।

३२ औं मिनेटमा अफ्रिकन जोन डिकले गोलको खाता खोल्दै जावलाखेललाई जिततर्फ अग्रसर गराएका थिए। हुलमुलको बीचबाट पाएको बलमा उनले विपक्षी गोलकिपर समितराज भण्डारीलाई कुनै मौका नदिइ गोल गरेका थिए। ४७ औं मिनेटमा ह्याटि्रक पुरा गरेका डिकले त्यसअघि ४४ औं मिनेटमा दोस्रो गोल गरेका थिए। पछिल्ला दुवै गोल खानुमा समितको गल्ति थियो। दोस्रो गोलमा सचेत नरहेका समितकै फितलो क्लियरेन्समा डिकले कठिन कोणबाट गोल गर्दै ह्याटि्रक पुरा गरेका थिए। डिक लिगमा ह्याटि्रक गर्ने दोस्रो खेलाडी बनेका छन्। यसअघि अर्का विदेशी एनआरटीका सेकुन एकिनाडे एटायोले बासबारीविरुद्ध ह्याटि्रक गरेका थिए। पहिलो हाफका इन्जुरी समयमा गणेश लावतीको कर्नरमा सन्तोष श्रेष्ठले हेड गोल गरेपनि एपिएफ खेलमा कुनै पनि समय हावी हुन सकेन। ३-१ ले पछि परेपछि एपिएफले समितको सट्टा गोलपोस्टको जिम्मा विक्रम गुरुङलाई दिएपछि थप गोल हुन सकेन।

एपिएफका प्रशिक्षक जनक सिंहले लगातारको हारले टोलीमाथि दबाब बढेको स्वीकार्दै भने,' हामी आफ्नै गल्तिमा हारिरहेका छौं। केही खेलाडी घाइते छन्, उनीहरु फर्केपछि हाम्रो खेलमा सुधार हुनेछ।'

लिगमा सोमबार
थ्रीस्टारविरुद्ध बौद्ध (१२३० बजे)
हिमालयनविरुद्ध बाँसबारी (२३० बजे)
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस