सजिलो छैन वैशाखमा पनि चुनाव गराउन
०५ मंसिर २०६९
•
७ मिनेट पाठ
सजिलो छैन वैशाखमा पनि चुनाव गराउन
संविधान संशोधनमा सहमति जुटाउन आवश्यक
मणि दाहाल, काठमाडौं, मङ्सिर ६ - दलहरूबीच सैद्धान्तिक सहमति भए पनि धेरै विषय नमिलाइकन सत्ता गठबन्धनले घोषणा गरेको चुनाव वैशाख गराउन ठूलै कसरत गर्नुपर्ने देखिएको छ।

संविधानसभा विघटन हुनुअघि जेठ १४ गते सरकारले सहमतिबिनै मंसिर ७ गते चुनाव घोषणा गरे पनि अन्तरिम संविधान संशोधन र ऐन/कानुन बनाउनेबारे सहमति जुट्न नसकेपछि निर्वाचन आयोगले चुनाव गराउन नसक्ने जानकारी दिएको थियो।
चुनाव घोषणा गरेको झन्डै ६ महिनासम्म राजनीतिक सहमति जुटाउन नसकेपछि सरकार अर्को चुनावको मिति तोक्न बाध्य भएको हो। वैशाखमा चुनाव गराउन सरकारले अन्तरिम संविधान संशोधन र त्यसका लागि राजनीतिक सहमति जुटाउन आवश्यक छ। पुसदेखि रित्तिने निर्वाचन आयोगमा कसरी र कुन विधिबाट आयुक्त नियुक्त गर्ने भन्नेबारे सुल्झाउनुपर्ने हुन्छ।
पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले संवैधानिक तथा राजनीतिक जटिलता फुके वैशाखमा चुनाव हुनसक्ने बताए। 'राजनीतिक रूपमा बाध्य भएर चुनाव घोषणा गरिएको हो। सबै दलले मानिदिए तोकिएको समयमै हुन्छ,' पोखरेलले नागरिकसँग भने, 'सबैले नमान्दा मंसिरमा चुनाव नभएको हो। राजनीतिक सहमतिले वैशाखको चुनावको भविष्य निर्धारण गर्छ।'
संवैधानिक र प्राविधिक दुवै रूपमा चुनावका लागि राष्ट्रिय सहमति आवश्यक हुने भएकाले त्यसमा दलहरू गम्भीर हुन आवश्यक रहेको पोखरेलले बताए। 'ऐन-कानुन, स्रोतसाधन र नियुक्तिजस्ता विषय समयमै टुंग्याएर आयोगलाई सहज वातावरण बनाइदिनुपर्छ,' उनले भने, 'त्यसो नभए आयोगका पदाधिकारीलाई मनोवैज्ञानिक असर पर्छ।'
राजनीतिक इच्छाशक्ति भए वैशाखमा चुनाव हुने र त्यसका लागि प्रतिपक्षी दलहरूले भन्दै आएको राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने धेरैको टिप्पणी छ।

मुलुकको समस्या समाधानका लागि चुनाव एक मात्र विकल्प भएको र राजनीतिक सहमति हुन नसके पहिलेझैं चुनाव सार्नुपर्ने अवस्था आउनेे विज्ञहरूको टिप्पणी छ। 'राजनीतिक सहमति जुटेन भने चुनाव सम्भव छैन,' पोखरेलले भने, 'त्यसका लागि मध्य पुससम्ममा सहमति जुट्नुपर्छ, नत्रभए मुलुक पहिलेकै अवस्थामा पुग्छ।'

सरकारले अगामी वैशाखमा चुनाव घोषणा गरे पनि सहमतिका आधारमा मिति तोक्ने भन्दै छलफलका लागि ढोका खुला राखेको छ। आयोगका निमित्त प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले ऐनकानुनको व्यवस्था र पदाधिकारीबारे रहेको अन्योल हटाएर १ सय २० दिनको समय चुनाव गराउन पर्याप्त हुने बताए। 'निर्वाचन गर्न हामी सधैं तयार छौं तर त्यसका लागि सरकारले पूर्वाधार तयार गर्नुपर्छ,' उनले भने, 'कानुन संशोधन र पदाधिकारबारे अन्योल हटाउनुपर्छ।'
पुस २८ मा निर्वाचन आयोगका बाँकी दुई आयुक्तको कार्यकाल सकिनेछ। निर्वाचन आयुक्त नियुक्त गर्न संवैधानिक जटिलता छन्। संवैधानिक निकायमा नियुक्तिका लागि संसदीय सुनुवाइ अनिवार्य छ। संसद र संविधानसभा दुवै नभएको अवस्थामा उनीहरूको नियुक्ति कसरी गर्ने भन्नबारे दलहरूबीच अन्योल छ। अन्तरिम संविधानले अर्को संविधानसभा निर्वाचनको कल्पना नगरेकाले पनि नयाँ चुनावका लागि संवैधानिक जटिलता देखिएका छन्।

पूर्वनिर्वाचन आयुक्त वीरेन्द्रप्रसाद मिश्रले निर्वाचन आयोगलाई राजनीतिक आयोगलाई खासै चासो नहुने बताएका छन्। मिश्रले सरकारले घोषणा गरेको समय निर्वाचन तयारीका लागि पर्याप्त भएको बताएका छन्।
'निर्वाचन प्रणाली, निर्वाचित प्रतिनिधि संख्या लगायत विषयमा परिवर्तन नगर्ने हो भने निर्वाचन गराउनका लागि पर्याप्त समय छ,' मिश्रले भने, 'आयोगले कानुनी-राजनीतिक प्रक्रियाको प्रशासन सञ्चालन गर्ने हो।'

एक स्थानीय र दुई संसदीय निर्वाचन गराएका मिश्रले नब्बे दिनदेखि सय दिन पर्याप्त हुने बताए। उनले सबै जिल्लामा निर्वाचन कार्यालय भएको र आयोगले सधैं काम गर्ने भएकाले पनि निर्वाचन गर्न पहिलेभन्दा सहज भएको बताए। उनले भने, 'एकै पटक गर्न अप्ठेरो भए विभिन्न चरणमा गरेर निर्वाचन गर्न सकिन्छ।'
'माओवादी समस्याका कारण २०५६ को निर्वाचन चरण-चरणमा गरिएको थियो,' उनले भने, 'एकै चरणमा गर्न अप्ठेरो हुन्छ भने दुई चरण गरेर सहज बनाउन सकिन्छ।'

दलहरूबीच यसअघि वैश्ााखमा संविधानसभा निर्वाचन गर्ने सैद्धान्तिक सहमति भए पनि चुनावी सरकारको नेतृत्वबारे सहमति हुन सकेको छैन। माओवादी गठबन्धन यही सरकारले चुनाव गराउन पाउनुपर्ने अडानमा छ भने प्रतिपक्षी दलहरूले सहमतिको पहिलो सर्त नै वर्तमान सरकारको राजीनामालाई बनाएका छन्।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस