काठमाडौं, कात्तिक ३० -भाइटीकाको उपलक्ष्यमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले आज ११ बजेर २३ को शुभसाइतमा टीका लगाएका छन्। नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले काठमाडौँको बाफलस्थित बहिनी शशी शर्माको हातबाट टीका लगाए।
काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले भने जुठो परेकाले यसपालिको दसैँ र तिहारको टीका लगाएनन्। देउवाको बुवा र पौडेलको आमाको यसैवर्ष दिवंगत भएकाले दुवैले टीका छेकिएको हो।
नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले झापाको जुँगेखाडीस्थित दिदीको घरमा टीका लगाएका छन्। उनी टीकाको लागि हिजो झापा गएका थिए।
त्यसैगरी नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले कुपण्डोलस्थित माइली बहिनी इन्दिरा न्यौपानेको घरमा एक दिदीसहित दुई बहिनीको हातबाट टीका लगाएका छन्।
नेता नेपालसहित उनका दुई भाइ विनोद नेपाल र सरोज नेपालले दिदी कालिका भण्डारी र बहिनीहरुद्वय इन्दिरा न्यौपाने र बसुदा पोखरेलको हातबाट कुपण्डोलमा सामूहिक टीका लगाए। यस्तै राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले बहिनी मञ्जु थापा, शान्ति सिजापति र सम्झना कार्कीको हातबाट ११:२३ को साइतमा टीका लगाए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर जबराले बहिनी जयराज्यलक्ष्मी शाहबाट टीका ग्रहण गरे। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले बहिनीहरु विमला विष्ट, रीता थापा र बशु कार्कीको हातबाट टीका लगाएका छन्। यसैबीच राष्ट्रपति रामवरण यादवले भने आज टीका लगाएनन्। सांस्कृतिक कारणले गर्दा राष्ट्रपतिले टीका नलगाएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए।
यस्तै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले पनि भाइटीका लगाएनन्। रासस