पाठ्यक्रममा थपिएको नेपालको क्षेत्रफल अनधिकृत : भूमि व्यवस्था मन्त्रालय
०४ असोज २०७७
•
३ मिनेट पाठ
पाठ्यक्रममा थपिएको नेपालको क्षेत्रफल अनधिकृत : भूमि व्यवस्था मन्त्रालय
पाठ्यक्रम विकास केन्द्रले तयार पारेकाे विद्यालय तहमा पढाइ हुने एक पुस्तकमा कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहित नेपालको क्षेत्रफल हचुवाका भरमा ४ सय ६० दशमलव २८ वर्गकिलोमिटर थपेकाे भन्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अधिकारीले गम्भीर आपत्ति प्रकट गरेको छन्।




नेपालको नयाँ नक्साबमोजिम आधिकारिक रूपमा भूमि नापजाँच गर्नुअघि नै पाठ्यपुस्तकमा क्षेत्रफल थपेर लेखिएको उनीहरूको आरोप छ।  

भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले नेपालको क्षेत्रफलको आधिकारिक नापजाँच गर्ने आधिकारिक निकाय नापी विभाग मात्र भएकाले पुस्तकमा उल्लेख क्षेत्रफल अनधिकृत भएको बताइन्।  
माध्यामिक तहसम्म पढाइ हुने ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ पुस्तक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मंगलबार सार्वजनिक गरेका थिए। पुस्तकमा नेपालको कूल क्षेत्रफल १ लाख ४७ हजार ६ सय ४१ दशमलव २८ वर्ग किलोमिटर रहेको उल्लेख छ। पुस्तकका लेखक कोमलचन्द्र बराल हुन्।  

भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले नेपालको क्षेत्रफलको आधिकारिक नापजाँच गर्ने आधिकारिक निकाय नापी विभाग मात्र भएकाले पुस्तकमा उल्लेख क्षेत्रफल अनधिकृत भएको बताइन्।  

मन्त्रालयका प्रवक्ता जनक जोशीले नापीले क्षेत्रफल नापजाँच गर्न प्रक्रिया अघि बढाइरहेका बेला जथाभावी रूपमा क्षेत्रफल उल्लेख गरी पुस्तक प्रकाशन गर्नु बेठीक काम भएको बताए। पाठ्यक्रम विकास केन्द्रले मन्त्रालयसँग समन्वय र सल्लाह नै नगरी पाठयपुस्तकमा क्षेत्रफल उल्लेख गरेको उनको भनाइ छ।  

पाठ्यक्रम विकास केन्द्रले पुस्तकलाई स्वीकृति दिनुअघि परराष्ट्र मन्त्रालयसँग समेत समन्वय नगरेको स्रोतको दाबी छ।

सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत समेटेर गत जेठ ७ गते  नेपालको  नयाँ नक्सा सार्वजनिक गरेको थियो।  

जसबमोजिम नयाँ क्षेत्रफल यकिन गर्न नापी विभागका प्राविधिक लागिपरेका छन्। नयाँ नक्सा जारी गर्नुअघि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किमि रहेको मानिएको थियो। यो सन् १९८३ मा लिइएको नाप हो।  

क्यानडा सरकारको सहयोगमा एलआरएमपी (ल्यान्ड रिर्सोसेज म्यापिङ प्रोजेक्ट) ले सन् १९८३ मा गरेको नापमा नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ रहेको रिपोर्ट बुझाएको थियो।  

सीमाविद्का अनुसार एलआरएमपीले सबैभन्दा पहिले आफ्नो रिपोर्ट नापी विभागलाई बुझायो। अनि विभागले मन्त्रालय र मन्त्रालयले योजना आयोगलाई बुझायो। त्यसपछि योजना आयोगले केन्द्रीय तथ्यांक विभागलाई बुझायो। सोही बमोजिम तथ्यांक विभागले एलआरएमपीको रिपोर्टलाई आधिकारिक मानेको हो।  

नापी विभागले लिपुलेक तथा लिम्पियाधुराको क्षेत्रफल ३ सय ३५ वर्गकिमि रहेको जनाएको छ। जसअनुसार नेपालको कूल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ पुग्ने अनुमान गरिएको हो।

विभागका अनुसार देशको नक्सा दुई किसिमबाट तयार हुन्छ। प्रशासनिक र सीमा नक्सा। प्रशासनिक नक्सा तयार भएपछि सीमा नक्सा तयार गर्नुपर्ने हुन्छ। सीमा नक्सा तयार गर्न प्राविधिक फिल्डमै जानुपर्छ। यसअघि २०३२ सालमा जारी नेपालको नक्सामा लिम्पियाधुरा क्षेत्रको ३ सय ३५ वर्गकिमि भूभाग समेटिएको थिएन।
अर्को समाचार
मदरसा शिक्षा पाठ्यक्रममा समावेश हुने
२० मंसिर २०७८
•
२ मिनेट पाठ
मदरसा शिक्षा पाठ्यक्रममा समावेश हुने
सरकारले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गर्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गरेर अघि बढाउने प्रतिबद्धता जनाएका हुन्। उनले त्यसका लागि ठोस प्रस्ताव ल्याउन मुस्लिम आयोगलाई आग्रह समेत गरे।




मुस्लिम आयोगले तयार पारेको ‘नेपालमा मदरसा शिक्षा र यसको भावी रुपान्तरण’ अध्ययन प्रतिवेदन सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा सार्वजनिक गर्दै मन्त्री पौडेलले संविधानले समावेशिताको कुरा सुनिश्चित गरेपनि त्यसलाई कार्यान्वयन गर्ने कामले गति लिन नसकेको स्पष्ट पारे। उनले राजनीतिक दलहरु भित्रै संविधानको भावना अनुसार समावेशिताको सिद्धान्तलाई अंगिकार गरिसकेको अवस्था नरहेको स्विकार गरे।

मन्त्री पौडेलले भने, ‘मूलभूत रुपमा संविधानमा हामीले समावेशिताको कुरा त गर्‍यौं। तर व्यवहारतः अझै बाँकी छ। व्यवहारतः राजनीतिक पार्टीमा बाँकी छ। सेना, पुलिसमा बाँकी छ। व्यूरोक्रेसीमा बाँकी छ। विभिन्न दलहरुमा पनि बाँक छ। कुराले मात्रै हुँदैन। त्यसकारण हामी तपाईहरुले उठाउनु भएको कुरालाई गम्भीरतापूर्वक लिएर मन्त्रालयमा छलफल गर्छौ। र पाठ्यक्रममा कसरी समावेश गर्न सकिन्छ? विगतका कुराहरु पनि खोजीनीति गरेर अघि बढ्छौं। त्यसका लागि तपाईहरुले ठोस प्रस्ताव ल्याउनु पर्छ।’

मन्त्री पौडेलले मदरसा शिक्षाको रुपान्तरणका लागि आफूले केही मदरसा शिक्षालयमा अनुगमन गरेको पनि स्मरण गराए। यता, आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले विद्यालय शिक्षालाई सुविधा सम्पन्न गराउने तर मदरसा शिक्षालाई बेवास्ता गर्ने काम सरकारबाट हुन नहुने बताए। उनले अझै पनि मदरसा शिक्षालयमा बोरा ओछ्याएर पढ्नुपर्ने अवस्था रहेको भन्दै यो अवस्थाको अन्त्य गर्न मन्त्री पौडेलको गम्भीर ध्यानाकर्षण गराए।

अध्यक्ष अन्सारीले भने, ‘अझै पनि मदरसामा बोरामा बसेर पढनुपर्ने अवस्था छ। कहिलेसम्म यो अवस्था रहन्छ? जुन सार्वजनिक शिक्षालय स्कुल छ। सरकारी स्कुलमा चाँही सुविधा सम्पन्न छ। मदरसामा भने बोरा ओछ्याएर पढ्नुपर्ने अवस्था कहिले अन्त्य हुन्छ? अब यो अवस्थामा परिवर्तन गर्नुपर्छ।’

आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा मदरसा शिक्षालाई बेवास्ता गरिएको उल्लेख गर्दै सरकारको आलोचना गरिएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस