भ्रष्टाचार मुद्दा तामेलीमा राखेका घिमिरेलाई पदक
०४ असोज २०७७
•
४ मिनेट पाठ
भ्रष्टाचार मुद्दा तामेलीमा राखेका घिमिरेलाई पदक
फाइल तस्वीर
सरकारले भ्रष्टाचार प्रकरणमा मुछिएका र त्यस्ता व्यक्तिहरूलाई जोगाउन चलखेल गरेको आरोप लागेका निकायका पदाधिकारीलाइ पदकबाट विभूषित गर्ने निर्णय गरेको भन्दै जनस्तरबाट आलोचना भएको छ।




सरकारले ठूलो मात्रामा आर्थिक अनियमितता भएका मुद्दा तामेली राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निवर्तमान प्रमुख नवीनकुमार घिमिरेलाई प्रसिद्ध प्रबल जनसेवाश्री (द्वितीय) पदकबाट विभूषित गर्ने घोषणा गरेको छ। संविधान दिवस, २०७७ का उपलक्ष्यमा सरकारले घिमिरेलाई उक्त पदकबाट विभूषित गर्ने निर्णय गरेको हो।

अनियमितताका पर्याप्त प्रमाण हुँदाहुँदै पनि नेपाल आयल निगमको जग्गा खरिदसम्बन्धी फाइल छानबिन नगरी तामेलीमा राख्ने निर्णय गरेको आरोप लागेका घिमिरेलाई विभूषित गर्ने सरकारी निर्णयको सर्वत्र आलोचना भएको छ। अनुसन्धान टोलीले जग्गा खरिदमा अनियमितता भएकाले मुद्दा चलाउने निष्कर्षसहित तयार पारेको प्रतिवेदन घिमिरेको दबाबमा परिमार्जन गरी तामेलीमा राख्ने निर्णय भएको अख्तियार उच्च स्रोत बताउँछ। भष्ट्राचारका मुद्दा तामेलीमा राख्न लगाएर अख्तियारलाई कमजोर पारेको आरोप घिमिरेमाथि छ।

चिकित्सा क्षेत्रमा महत्वपूर्ण योगदान पु-याएका डा. सन्दुक रुइत र समाजसेवी उज्जवलविक्रम थापासँगै भ्रष्टाचारीलाई उन्मुक्ति दिएको आरोप लागेका घिमिरेलाई पदक दिने सरकारी निर्णयको जनस्तरबाट व्यापक आलोचना हुुनु स्वाभाविक भएको नाम नबताउने सर्तमा एक सर्वसाधारणले बताए। सरकारले घिमिरेलाई मात्र होइन, अख्तियारका कार्यवाहक प्रमुख आयुक्त गणेशराज जोशी र आयुक्त सावित्री थापा गुरुङलाई पनि पदकले विभूषित गर्ने निर्णय गरेको छ। अन्य संवैधनानिक आयोगका पदाधिकारीलाई विभूषित गर्न कन्जुस्याइँ गरेको सरकारले अख्तियारका पदाधिकारीलाई भने खोजीखोजी पदक दिएको छ। सरकारले जोशीलाई सुकीर्तिमय राष्ट्रदीप (तृतीय) र थापा गुरुङलाई सुप्रबल जनसेवा श्री (तृतीय) पदकबाट विभूषित गर्ने भएको छ।

घिमिरेले अख्तियारको नेतृत्व गर्दा आयल निगम जग्गा खरिद प्रकरण, वाइड बडी जहाज खरिद प्रकरण, एनसेल कर प्रकरण, यति समूहलाई सरकारी जग्गा लिज प्रकरण, सेक्युरिटी प्रेस खरिद प्रकरण, ओम्नीमार्फत मेडिकल सामग्री खरिद प्रकरणमा संलग्नलाई प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा ढाकछोप गर्ने काम भएको स्रोतको दाबी छ।

यति समूहलाई नेपाल ट्रस्टको नाममा रहेको दरबारमार्गको जग्गा भाडामा लगाउने विषयमा भएको अनियमितता ढाक्न ट्रस्टका पदाधिकारीलाई क्लिन चिट दिने काम पनि घिमिरेको दबाबमा भएको अख्तियारका एक अधिकारी बताउँछन्। यतिको भगिनी संस्था थामसेर्कुलाई ट्रस्टको जग्गा भाडामा दिँदा आर्थिक अनियमितता भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ। तर, अख्तियारले यस विषयमा छानबिन नै नगरी ट्रस्टका पदाधिकारीलाई क्लिन चिट दिएको थियो।

नेपाल ट्रस्टमा बसेर गोकर्ण रिसोर्टको जग्गा यति समूहलाई लिजमा दिन भूमिका निर्वाह गरेका सहसचिव राजेश्वर ज्ञवालीलाई पनि सरकारले जनसेवा सु–प्रबल पदकबाट सम्मानित गर्ने भएको छ। ज्ञवालीले गोकर्ण रिसोर्टको जग्गा यतिलाई लिजमा दिएर गौचरन हुनबाट जोगाएको विवादास्पद अभिव्यक्ति दिएका थिए। रिसोर्टको जग्गाको लिज समय सकिन ५ वर्ष बाँकी छँदै पुनः यतिलाई अवधि थप्ने प्रयोजनका लागि मूल्यांकन गर्ने समितिमा ज्ञवाली थिए। उनले यतिका पक्षमा चलखेल गरेको आरोप छ।

नेपाल ट्रस्ट ऐन, २०६४ को संशोधित व्यवस्थामा अवधि तोकी लिजमा दिइएको सम्पत्तिको उपभोग गर्ने पक्षले थप पूँजी लगानीसहित विद्यमान संरचना मर्मत गरी सञ्चालन गर्न चाहेमा र सोबाट ट्रस्टलाई थप आर्थिक लाभ हुने सुनिश्चित भएमा त्यस्तो अवधि समाप्त हुनुअगावै समेत आवश्यकता अनुसार ट्रस्टको सिफारिसमा नेपाल सरकारले लिजको अवधि थप गर्न सक्नेछ भन्ने उल्लेख छ। तर सहसचिव ज्ञवालीले यति समूहलाई ऐनविपरीत थप संरचना निर्माण गर्न दिनेगरी गोकर्ण रिसोर्टको लिज अवधि थप्ने सम्झौतामा हस्ताक्षर गरेका छन्।

यति समूहसँगै जोडिएको हिमालय एयरलाइन्सका विजयबहादुर श्रेष्ठ पनि प्रबल जनसेवा श्री (चतुर्थ) पदक पाउने सूचीमा छन्। एमआरपीमा डेढ करोड रुपैयाँभन्दा बढी ठेकेदारलाई भुक्तानी दिएर राज्यकोषमा हानि–नोक्सानी पु¥याएको आरोप लागेका लोकबहादुर थापालाई पनि सरकारले सुप्रबल जनसेवा श्री (तृतीय) पदकबाट विभूषित गर्ने भएको छ। राहदानी विभागको महानिर्देशक हुँदा थापाले आपूर्तिकर्ता ओबर्थर टेक्नोलोजिज कम्पनीलाई सम्झौताभन्दा डेढ करोड रुपैयाँभन्दा बढी भुक्तानी दिएर अनियमितता गरेको महालेखाको ठहर छ। थापा अहिले बेल्जियमका लागि नेपाली राजदूत छन्। ओबर्थरसँग भएको सम्झौताअनुसार तीस लाख थान एमआरपीमध्ये ६ लाख थान पुरानै सम्झौताबमोजिम र २४ लाख थान भेरिएसन गराएर बढाएको दरमा आपूर्ति गर्नुपर्नेमा पाँच लाख थान एमआरपीको मात्र पुरानो मूल्यमा भुक्तानी गरिएको थियो। एक लाख थानको भेरिएसन गरेर बढाएको नयाँ दरमा भुक्तानी गर्दा राज्यलाई डेढ करोडजति नोक्सानी भएकोको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ। अनियमितताको आरोप लागेका थापालाई विभूषित गर्ने सरकारी निर्णयबाट परराष्ट्र मन्त्रालयका उच्च अधिकारी आश्चर्यमा परेका छन्।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा इजरायलका लागि नेपाली राजदूतमा नियुक्त भएपछि विवादमा आएकी अञ्जन शाक्यलाई पनि सुप्रबल जनसेवा श्री (तृतीय) पदक दिने सूचीमा राखिएको छ। सरकारले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत कर्मचारीलाई पदकमा प्राथमिकता दिएको विषयलाई लिएर अन्य मन्त्रालय र निकायमा कार्यरत कर्मचारीले असन्तुष्टि व्यक्त गरेका छन्। संविधान दिवसका अवसरमा सरकारले पाँच सय ९४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकबाट विभूषित गर्ने घोषणा गरेको छ।
अर्को समाचार
पोखरा महानगरका इन्जिनियर बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२० वैशाख २०८१
•
१ मिनेट पाठ
पोखरा महानगरका इन्जिनियर बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।




अयोगले इन्जिनियर बरालसँगै पोखरा नगर कार्यपालिकामा कार्यरत सब-इन्जिनियर उषा किरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनीहरुले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग तीन लाख पचास हजार रुपैयाँ घुस लिएको आरोप पत्रमा उल्लेख छ। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस