संविधान संशोधनको माग गर्दै जसपाद्वारा रौतहटमा विरोध प्रदर्शन
०३ असोज २०७७
•
१ मिनेट पाठ
संविधान संशोधनको माग गर्दै जसपाद्वारा रौतहटमा विरोध प्रदर्शन
देशको संविधान जारी भएको दिनलाई हर्षोल्लासका साथ मनाउँदै साँझ दीपावली मनाउन आह्वान गरिएको भए पनि रौतहटमा संविधानको विरोध गरिएको छ।  




जनता समाजवादी पार्टीका जिल्लास्तरीय नेता कार्यकर्ताहरुले सदरमुकाम गौरमा संविधानविरुद्ध प्रदर्शन नै गरेका छन्। संविधान आदिबासी, जनजाति, मधेसी, दलितको पक्षमा नभएको र जनताको भावनाविपरीत भएकोले संशोधनको माग गर्दै प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा प्रदेश सभामा जसपाका केन्द्रीय सदस्यहरु तथा विभिन्न पालिकामा निर्वाचित जनप्रतिनिधिहरुले संविधानको विरोध गरेका हुन्। संविधान संशोधन गर, मधेसीको माग पूरा गर, सबैको साझा संविधान बनाऊ लगायतको माग गर्दै जसपा कार्यकर्ताहरुले सरकारविरुद्ध चर्का नाराबाजी पनि गरेका छन्।

संविधानमै भएको व्यवस्था अनुसार विभिन्न तहको उम्मेदवार बन्ने, चुनाव जित्ने, सरकारमा जाने तर त्यही संविधानको विरोध गर्ने दुई विपरीत विचारको भएको भनी आलोचना गरेका छन्। संविधानले दिएको सबै सुविधा उपभोग गर्ने र भ्रष्टाचारमा लिप्त रहेको केही स्थानीय तहका प्रमुखले पनि संविधानको विरोध कुन नैतिकताले गरेको होला भनी गौरका एक प्रबुद्धले प्रतिप्रश्न गरेका छन्।

संविधानको विरोध गर्ने जनप्रतिनिधिहरुले सबैभन्दा पहिले आफ्नो स्थानीय तहमा गरेका आर्थिक क्रियाकलापलाई तत्काल सार्वजनिक गर्नुपर्ने माग पनि गरेका छन्।

संविधान दिवसको दिन संविधानप्रति अपनत्व ग्रहण गर्न तथा संविधानमा भएका त्रुटीहरुलाई सच्याउन जनताको संघर्ष निरन्तर रहने र आजको विरोधले संविधान संशोधनको मुद्दालाई फेरि उठाएको जनता समाजवादी पार्टीका नेता किरण साहले बताएका छन्।
अर्को समाचार
'संविधान देशको मूल कानून मात्र नभएर देश हेर्ने आँखी झ्याल हो'
०३ असोज २०७७
•
२ मिनेट पाठ
'संविधान देशको मूल कानून मात्र नभएर देश हेर्ने आँखी झ्याल हो'
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संविधान देशको मूल कानून मात्र नभएर देश हेर्ने आँखी झ्यालसमेत भएको बताएका छन्। उनले संविधानका अक्षरहरु पुस्तकमा कैद भएर मात्र नबस्ने बरु देशको दैनिक जीवन व्यवहारमा सजीव भएर अभिव्यक्त हुने बताए।  “संविधान कागजी दस्तावेज मात्र होइन, राज्य प्रणाली, शासनको स्वरुप, अधिकार र कर्तव्यको बाँडफाँड, शक्ति पृथकीकरण र सन्तुलन, निर्वाचन प्रणाली, मौलिक हकको व्यवस्था लगायत विषयहरु सग्रहित यो राज्यको विधान हो जसले देश र जनताको जीवनमा महत्वपूर्ण र दुरगामी अर्थ राख्दछ”, पौडेलले भने।  




उनले नेपाली जनताको संघर्ष, त्याग एवम् बलिदानीबाट प्राप्त संविधानसभामार्फत संविधान जारी भएको पाँचौं वर्ष पुरा भएकाले आजको दिन नेपाली जनताले आफ्ना लागि आफैले बनाएको पहिलो संविधान जारी भएको ऐतिहासिक एवम् गौरवपुर्ण दिनका रुपमा स्मरण गरे। 

'प्रजातन्त्रका लागि भएको संघर्षदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा यो देशको परिवर्तनका लागि हजारौं नेपाली जनताको रगत र पसिना बगेको छ, यस अवसरमा परिवर्तनका आन्दोलनमा देश र जनताको हितका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पुर्ण ज्ञातअज्ञात सहिदप्रति हार्दिक श्रदासुमन व्यक्त गर्न चाहान्छु, उहाँहरुको सपनालाई पुरा गर्न अविश्रान्त लाग्ने प्रतिवद्धता व्यक्त गर्दछु, विशेषगरी वंश परम्परामा आधारित एकात्मक एवम् केन्द्रिकृत राज्यसत्ताले समयसापेक्ष जनताको माग र आवश्यकता सम्बोधन गर्न नसकेपश्चात नेपाली जनताको सात दशक लामो बलिदानीपूर्ण संघर्षको परिणामस्वरुप देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको हो' पौडेलले भने।  

पौडेलले वि.सं. २०७२ असोज ३ गते जारी भएको संविधान कार्यान्वयनसँगै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको उल्लेख गरे। उनले नेपालको संविधानले एकात्मक राज्यको अन्त्य गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक तथा भौगोलिक विविधतालाई आत्मसात गरेको, विविधताबीचको एकता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रबद्र्धन गर्दै सबै प्रकारका विभेद अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने संकल्प समेत लिएको बताए।

त्यसैगरी प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट लिएको उनको भनाइ थियो। विश्वका संविधानको तुलनामा नेपालको संविधान उत्कृष्ट रहेको र यसले सबै जातजाति भाषाभाषि, धर्म, सम्प्रदायका जनताको पहिचानको सम्मान र अधिकारको सुनिश्चिता गरेको उनले बताए। 
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस