संविधान विभेदकारी भन्दै राजपा कपिलवस्तुद्वारा विरोध सभा
०३ असोज २०७७
•
१ मिनेट पाठ
संविधान विभेदकारी भन्दै राजपा कपिलवस्तुद्वारा विरोध सभा
संविधान विभेदकारी भन्दै राष्ट्रिय जनता पार्टी कपिलवस्तुले तौलिहवामा विरोध सभा गरेको छ। राजपाले संविधान दिवसलाई कालो दिवसकारुपमा लिदै विरोध सभासहित अन्तरक्रिया गरेको हो।  




संविधान जारी भएको ५ वर्ष बित्दा समेत मधेसी, जनजाति पीछडा वर्ग लगायतको हक अधिकार सुनिश्चित नगरेको भन्दै शनिबार कालो ब्यानर र कालो पट्टी बाधेर राजपाका नेता कार्यकर्ताहरु सो कार्यक्रममा सहभागी भएका थिए। उनीहरुले संविधानलाई सबैको साझा र अपनत्वग्रहण गर्ने बनाउनु पर्ने माग गरे।  

सो अवसरमा राजपाका केन्द्रीय नेता रबिन्द्र मिश्राले संविधान त्रुटिपूर्ण रहेको र जारी भएको ५ वर्ष बिति सक्दा पनि संशोधन नहुनु दुःखद कुरा भएको बताए। ‘ओली नेतृत्वको दुई तिहाईको सरकार गठन भएको ढाई वर्ष भयो तर संविधान संशोधनमा सरकार उदासिन देखिएको छ’ उनले भने, ‘निर्वाचनका बेला मधेसमा संविधान संशोधन गर्ने आश्वासन दिएर भोट लिएका दलहरु समेत अहिले संशोधनमा मौन छन्।  

राजपा नेता दानबहादुर चौधरीले संविधान सबैले अपनत्वग्रहण गर्ने किसिमले बनाउनु पर्ने बताए। राजपा जिल्ला अध्यक्ष शैलन्द्रकुमार यादवले संविधानमा मधेसी, जनजाति अल्पसंख्यक पीछडा वर्गहरुको अधिकार सुनिश्चितता नभएकाले अधिकार प्राप्ती नभएसम्म बिरोध जारी रहने बताए। ‘एक पक्षले खुशीयाली मनाईरहदा अर्का पक्ष अधिकार कै लागि विरोधमा उत्रेका छौ’ उनले भने ।  

कार्यक्रममा राजपाका ढेड दर्जन नेताहरुले सम्बोधन गरेका थिए। खासगरी बैवाहिक अंगीकृत नागरिकता सम्बन्धी बनाइएको ७ वर्षे नियमका विषयमा नेताहरुले चर्को विरोध गरेका थिए। पार्टी जिल्ला अध्यक्ष यादवको अध्यक्षता, संदीप पाण्डेयको संचालनमा भएको कार्यक्रममा राजपा नेता तथा प्रदेश सदस्य सहसराम यादव, नेता नारायण खनाल, सुद्धोदन गाउँपालिका अध्यक्ष तथा नेता निसार अहमद खा, अब्दुल रसिद खा लगायतले संविधान अपुरो रहेकोले संशोधन गर्नुपर्ने माग गरे।
अर्को समाचार
संविधान संशोधनको माग गर्दै जसपाद्वारा रौतहटमा विरोध प्रदर्शन
०३ असोज २०७७
•
१ मिनेट पाठ
संविधान संशोधनको माग गर्दै जसपाद्वारा रौतहटमा विरोध प्रदर्शन
देशको संविधान जारी भएको दिनलाई हर्षोल्लासका साथ मनाउँदै साँझ दीपावली मनाउन आह्वान गरिएको भए पनि रौतहटमा संविधानको विरोध गरिएको छ।  




जनता समाजवादी पार्टीका जिल्लास्तरीय नेता कार्यकर्ताहरुले सदरमुकाम गौरमा संविधानविरुद्ध प्रदर्शन नै गरेका छन्। संविधान आदिबासी, जनजाति, मधेसी, दलितको पक्षमा नभएको र जनताको भावनाविपरीत भएकोले संशोधनको माग गर्दै प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा प्रदेश सभामा जसपाका केन्द्रीय सदस्यहरु तथा विभिन्न पालिकामा निर्वाचित जनप्रतिनिधिहरुले संविधानको विरोध गरेका हुन्। संविधान संशोधन गर, मधेसीको माग पूरा गर, सबैको साझा संविधान बनाऊ लगायतको माग गर्दै जसपा कार्यकर्ताहरुले सरकारविरुद्ध चर्का नाराबाजी पनि गरेका छन्।

संविधानमै भएको व्यवस्था अनुसार विभिन्न तहको उम्मेदवार बन्ने, चुनाव जित्ने, सरकारमा जाने तर त्यही संविधानको विरोध गर्ने दुई विपरीत विचारको भएको भनी आलोचना गरेका छन्। संविधानले दिएको सबै सुविधा उपभोग गर्ने र भ्रष्टाचारमा लिप्त रहेको केही स्थानीय तहका प्रमुखले पनि संविधानको विरोध कुन नैतिकताले गरेको होला भनी गौरका एक प्रबुद्धले प्रतिप्रश्न गरेका छन्।

संविधानको विरोध गर्ने जनप्रतिनिधिहरुले सबैभन्दा पहिले आफ्नो स्थानीय तहमा गरेका आर्थिक क्रियाकलापलाई तत्काल सार्वजनिक गर्नुपर्ने माग पनि गरेका छन्।

संविधान दिवसको दिन संविधानप्रति अपनत्व ग्रहण गर्न तथा संविधानमा भएका त्रुटीहरुलाई सच्याउन जनताको संघर्ष निरन्तर रहने र आजको विरोधले संविधान संशोधनको मुद्दालाई फेरि उठाएको जनता समाजवादी पार्टीका नेता किरण साहले बताएका छन्।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस