समुन्द्र पौडेल, तनहुँ, कात्तिक २० - राजनीतिक निकासका लागि नयाँ निर्वाचन नै जनताको चाहना भएको राष्ट्रपति रामवरण यादवले बताएका छन्। लमजुङको दुराडाडाँमा सर्वोदय उच्च माध्यमिक विद्यालयको सोमबार हिरक जयन्तीको अबसरमा बोल्दै उनले यस्तो बताएका हुन्।
जनताको चाहना अनुसार नयाँ निर्वाचनमा जान आफूले सरकार र राजनीतिक दलहरुलाई समेत झकझकाई राखेको उनले बताए।
मैले नयाँ निर्वाचन नै नेपाली जनताको चाहना भएको पाएँ,' उनले भने, ‘नयाँ निर्वाचनमा जानका लागि बारम्बार सरकार र राजनीतिक दललाई आग्रह गरिरहेको छु।'
तत्कालीन प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच भएको १२ बुँदे समझदारीपश्चात् मुलुकमा राजनीतिक परिवर्तन आएको भन्दै उनले अग्रगामी परिवर्तन संस्थागत हुन नसकेकोमा दुःख व्यक्त गरे।
उनले भने, ‘सरकार र राजनीतिक दलको त्रुटीका कारण संविधान सभाबाट नयाँ संविधान जारी हुन सकेन।' सरकार र दलले संविधान जारी नगरेर जनताको आकांक्षा पूरा गर्न नसकेको समेत उनको भनाई थियो।
हेलिकप्टरमा दुराडाडाँ पुगेका राष्ट्रपति राजधानी फर्किइसकेका छन्।