काठमाडौ, कात्तिक १५ (नागरिक)- राष्ट्रपति रामवरण यादवले जंगबहादुरको पालाको जस्तो खोपीको राजा भएर नबस्ने बताएका छन्। संवैधानिक र राजनीतिक निकासका लागि सरकार र राजनीतिक दल गम्भीर नभएकोमा असन्तुष्ट राष्ट्रपति यादवले दलीय सहमतिबिना सरकारको कुनै पनि सिफारिस कार्यान्वयन नगर्ने पनि स्पष्ट गरेका छन्।
'जंगबहादुरको पालाको जस्तो जे ल्याए पनि सदर गरेर बस्ने खोपीको राजा भएर म बस्दिनँ,' राष्ट्रपतिलाई उद्धृत गर्दै राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष प्रकाशचन्द्र लोहनीले नागरिकसँग भने, 'सहमति नगरी आएका कुनै पनि अध्यादेश जारी गर्दिनँ।'
प्रधानमन्त्री बाबुराम भट्टराईले जंगबहादुरको शैलीमा काम-कारबाही अघि बढाइरहेको बताउँदै लोहनीले राष्ट्रपतिसमक्ष त्यसलाई रोक्न सुझाव दिएको जानकारी दिए।
'मैले भट्टराई नेतृत्वको सरकार जगंबहादुरको शैलीमा अघि बढेको छ, तपाईं त्यसबेलाका राजा जस्तै खोपीको राजा भएर बस्ने होइन होला नि भन्ने प्रश्न गरेँ,' लोहनीले भने, 'प्रतिउत्तरमा राष्ट्रपतिले म बस्दिनँ भन्नुभयो।'
राष्ट्रपतिलाई भेट्न मंगलबार लोहनी शीतल निवास पुगेका थिए। संविधानको संरक्षक र पालकका रुपमा राष्ट्रपति आफ्नो भूमिकाको विषयमा सचेत रहेको लोहनीले जानकारी दिए। एक घन्टा १५ मिनेट लामो भेटमा राष्ट्रपतिले गतिरोध अन्त्यका साथै बजेटका विषयमा पनि छलफल सुझाव मागेका थिए।
'राष्ट्रपति आफ्नो भूमिकाको विषयमा सचेत र सजग हुनुहुन्छ,' लोहनीले भने, 'राजनीतिक सहमतिबिना एउटा दलले भन्दैमा राष्ट्रपतिले केही गर्नुहुन्न।'