एमालेमा पुनर्स्थापना विवाद
२६ असोज २०६९
•
८ मिनेट पाठ
एमालेमा पुनर्स्थापना विवाद
मणि दाहाल, काठमाडौं, असोज २७- संविधानसभा पुनर्स्थापनाका विषयमा संविधानसभाको तेस्रो ठूलो दल नेकपा एमालेभित्र दुई धार देखिएको छ। एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा पुनर्स्थापना प्रस्ताव ल्याएपछि एमालेका नेताहरूबाट पक्ष र विपक्षमा धारणा आएको हो।




अध्यक्ष झलनाथ खनालले युवा संघ नेपाल काठमाडौं जिल्ला अधिवेशन उद्घाटन गर्दै माओवादीबाट आएको प्रस्तावप्रति सकारात्मक रहेको संकेत गरेका छन्। ‘प्रचण्डसँगको भेटमा बेल्जियमबाट फर्केर आउँदासम्म तपाईंको धारणामा परिवर्तन हुँदैन भनेर सोधेको थिएँ, उहाँले हुँदैन भन्नुभएको छ।' दाहाल बिहीबारदेखि पाँचदिने बेल्जियम भ्रमणमा छन्।
खनालले सहमति भइसकेको विषयलाई घोषणा गरेर बाँकी विवादका विषयमा दलहरूबीच सहमति खोज्ने पहिलेदेखिकै धारणा रहेको बताए। ‘तर यसलाई माओवादीको दम्भले रोक्यो,' उनले भने, ‘अहिले त्यो विषय नै प्रचण्डले उठाउँदै हिँडेका छन्।' बेल्जियम उड्नुअघि दाहालले खनालसँग बिहीबार उनकै निवासमा भेटेका थिए।
एमालेकै अर्को पक्ष भने पुनर्स्थापनाविरुद्ध छ। अमेरिका, मेक्सिको र श्रीलंका भ्रमणमा जानुअघि स्थायी कमिटीका सदस्य केपी शर्मा ओलीले पुनर्स्थापनामा जान नहुने बताएका थिए।
उपाध्यक्ष विद्यादेवी भण्डारीले रिपोर्टर्स क्लबले शुक्रबार आयोजना गरेको अन्तर्क्रियामा संविधानसभा पुनर्स्थापनाको षडयन्त्र भइरहेको उल्लेख गर्दै त्यसलाई एमालेले रोक्ने बताए।
ललितपुरमा एमालेको भ्रातृ संगठन नेपाल बुद्धिजिवी परिषदले आयोजना गरेको कार्यक्रममा महासचिव ईश्वर पोखरेलले संविधानसभा पुनर्स्थापना गरिए त्यसले झनै ठूलो भाँडभैलो उत्पन्न गर्ने दाबी गरेका छन्।
‘संविधानसभा पुनर्स्थापना भए त्यसले जेठ १४ अघिको जस्तो अराजक स्थिति उत्पन्न गराउँछ,' उनले भने, ‘संविधानसभाका पुनर्स्थपना र नयाँ निर्वाचन एकअर्काको विरोधी त होइनन् तर पुनर्स्थापना बढी जोखिमपूर्ण छ।' उनले पुनर्स्थापनाका पक्षमा लागेका पूर्वसभासदहरूलाई अनियन्त्रित भिडको टिप्पणी गरेका छन्।
एमालेसहितका संविधानसभाका पूर्वसभासदहरूको बिहीबार संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको बैठकमा संकट निकासको एकमात्र उपाय पुनर्स्थापना भएको दाबी भएको थियो। विघटित संविधानसभाका उपाध्यक्ष पूर्णकुमारी सुवेदीको अध्यक्षतामा दुई दर्जन दलका १ सय ५० भन्दा बढी पूर्वसभासद बैठकमा सहभागी थिए।
एमालेका पूर्व मुख्य सचेतक भीम आचार्यले विवादित विषयहरूमा सहमति गरी पुनर्स्थापना गरी त्यसबाट संविधान जारी गरे कम खर्चिलो, कम विवादास्पद, बढी संवैधानिक हुने बताएका छन्।
‘चार वर्ष लगाएर १० अर्ब खर्चेर संविधान जारी गर्ने बेलामा बिथोल्ने काम भयो,' उनले भने, ‘६ सय १ कै नयाँ निर्वाचन गरेर कति वर्षमा संविधान जारी हुने, निश्चित छैन।' आचार्यले एक महिनाका लागि पुनर्स्थापना गरेर संविधान जारी गरी चैतमा निर्वाचनमा जान सकिने बताए।
पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डे र केन्द्रीय सदस्य गोकर्ण बिष्टसमेत सहमति गरेर पुनर्स्थापनामा जानुलाई कम जोखिमपूर्ण बाटो ठान्छन्। आचार्य, पाण्डे र बिष्ट तीनैजना अध्यक्ष खनाल निकट मानिन्छन्।
पाण्डेले सहमति गरेर संविधानसभा पुनर्स्थापना गरी संविधान जारी गर्नु सबैभन्दा उपयुक्त हुने बताए। ‘सहमति हुन्छ भने पुनर्स्थापना गरेर यसै संविधानसभाबाट संविधान जारी गर्नु राम्रो हुन्छ,' पार्टी काममा तेह्रथुम पुगेका पाण्डेले टेलिफोनमा नागरिकसँग भने, ‘होइन निर्वाचनमै जाने हो भने पनि संविधानसभा पुनर्स्थापना गरेर संविधान संशोधन गरेर जानुपर्छ।'
बिष्टले जहिले संविधान बने पनि त्यो दलहरूबीच सहमतिबाटै बन्ने भएकाले अहिले नै सहमति गरेर देशलाई निकास दिनुपर्ने बताए।
पोलिटब्युरो सदस्य रघुजी पन्त र केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ भने यसविपरीत धारणा राख्छन्। वरिष्ठ नेता माधव नेपाल निकट पन्त र ओली निकट मानिने श्रेष्ठ संविधानसभा पुनर्स्थापनाको मागलाई राजनीतिक र संवैधानिक रूपमा अनैतिक र अनुचित ठान्छन्।
श्रेष्ठको ठहर छ- पूर्वसभासदहरूले संवैधानिक अधिकार जस्तो गरी पुनर्स्थापनाका पक्षमा बैठक गर्नु लोकतन्त्रको ‘उपहास' हो।
‘संविधान बनाउने बेलामा डिफिड, डानिडा, नर्वेजियन जस्ता संस्थाको प्रायोजनमा विदेश भ्रमणमा समय सक्ने र जातीय द्वेष देशभित्र हुल्नेहरू अहिले मासिक ६४ हजार भत्ता आउने सभासद जागिरका लागि रोइकराइ गरिरहेको' श्रेष्ठले बताए।
साउन पहिलो साता स्थायी समिति बैठकले पुनर्स्थापना राजनीतिक र संवैधानिक रूपमा अनैतिक र अनुचित भएको निर्णय गरेको थियो।
पोलिटब्युरो सदस्य पाण्डे भने पार्टीको औपचारिक निर्णय सबै विकल्प खुला रहने भन्ने भएको बताउँछन्। ‘निर्णय गर्ने नेताहरू नै पुनर्स्थापनाको छलफलमा संलग्न भएकाले त्यस निर्णयको औचित्य समाप्त भइसकेको छ,' पाण्डेले भने।
एमाले अध्यक्ष खनालले एकल जातीय पहिचानको माग राख्दै आएका तत्कालीन उपाध्यक्ष अशोक राईसहित असन्तुष्ट जनजाति तथा मधेसी नेतालाई लेखेको पत्रमा सहमति भए पुनर्स्थापनामा जान तयार रहेको बताएका थिए।
पुनर्स्थापनाका पक्ष र विपक्षमा रहे पनि एमालेका सबै नेताहरू माओवादीले पुनर्स्थापनाको माग लिएर जानेमा भने शंका गरेका छन्।
श्रेष्ठले यसलाई बाबुराम भट्टराईको सत्ता लम्ब्याउन चालिएको चालका रूपमा बुझेका छन्। पाण्डे र बिष्टले पुनर्स्थापनाको माग माओवादी अध्यक्ष दाहालले अघि लिएर जानेमा शंका व्यक्त गरे। ‘माओवादीले आफ्नो विश्वसनीयताका लागि पनि पुनर्स्थापनाको मुद्दा छाड्नु हुँदैन,' बिष्टले भने ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस