काठमाडौं, असोज २३ (नागरिक)- एसिसी ट्रफी इलिटको समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई १ सय २५ रनले पराजित गरेको छ । जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। एसियन क्रिकेट काउन्सिलका अनुसार सेमिफाइनलमा नेपाल भोलि मलेसियासँग भिड्दैछ।
चार खेलमा तीन जित र एक हारका साथ समूह बीमा युएई र नेपालको समान ६ अङ्क भए पनि हेड टु हेड काउन्ट (अहिलेसम्म दुई टिमबीच भएका खेलमा विजयको गन्ति) का आधारमा नेपाल समूह विजेता बनेर समूह 'ए' को उपविजेतासँग खेल्ने तय भएको हो।
टस जितेर पहिले व्याटिङ गरेको नेपालले हङ्कङसामु २२६ रनको चुनौती पेस गरेको थियो । नेपालले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाउँदै २२५ रन बनायो। कप्तान पारस खड्काले ५४ बलमा ६ चौका २ छक्का हान्दै सर्वाधिक ६१ रन बनाए।
सेमिफाइनल प्रवेशका लागि नेपालले हङकङलाई पराजित गर्नैपर्ने दबाब थियो । हङ्कङलाई सस्तैमा समेट्ने क्रममा अमृत भट्टराई र बसन्त रेग्मीले ३/३ विकेट लिए भने क्याप्टेन तथा खेलको म्यान अफ द म्याच पारस खड्काले २ र शक्ति गौचनले १ विकेट लिएका थिए ।
दुवैले तीनमध्येका दुई खेल जितेका थिए । युएई तीन खेल जितेर सेमिफाइनलमा सुरक्षित भइसकेको थियो । युएईलाई पहिलो खेलमा ४ विकेटले पराजित गरी सनसनी मच्चाएको नेपालले कुवेतसँग ४ विकेटको स्तब्ध पराजय बेहोर्योल। आइतबार साउदी अरेबियालाई ९ विकेटले पराजित गरेपछि नेपालले सेमिफाइनल प्रवेशको सम्भावना ब्युँत्याएको थियो।