सन्तोष पोखरेल, पोखरा, असोज २२- पोखराको आहा-रारा गोल्डकप फुटबल प्रतियोगिताको' एघारौं संस्करण' माघको दोश्रो साता हुने भएको छ। प्रतियोगिता माघ ९ गते देखि २० गतेसम्म सञ्चालन हुने आयोजक सहारा क्लवले जनाएको छ।
पोखरा रंगशालामा हुने अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित फुटबल प्रतियोगितामा आयोजकसहित नेपालका'ए' डिभिजन क्लव, पूर्वाञ्चल र पश्चिमाञ्चलका टिम तथा केही विदेशी टोली सहभागि हुने आयोजकले आईतबार पत्रकार सम्मेलनमा जानकारी गराएको छ। सहारा क्लबका अध्यक्ष विक्रम थकालीले विगत वर्षमा झै यसपाली पनि १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने बताए।
'खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं' भन्ने उद्देश्यका साथ संचालन हुने प्रतियोगितामा प्रथम र द्वितीय टिमले नगद पुरस्कार सहित ट्रफि हात पार्नेछन्। तथापि आयोजकले एघारौं संस्करणको नगद पुरस्कार राशी सार्वजनिक गरेको छैन्। दशौंं संस्करणमा विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ पाएका थिए। एघारौं संस्करणमा पुरस्कार राशीमा वृद्धि गर्ने सहाराले जनाएको छ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गरिनेछ। त्यसैगरी सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक, स्ट्राईकर, मिडफिल्डर, रक्षक र गोलकिपरलाई नगद पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगिताले फुटबल खेलको विकास गर्दै नयाँ प्रतिभाशाली खेलाडी उत्पादनमा सघाउने सहारा अध्यक्ष थकालीले बताए।'पोखरामा पर्यटन प्रवर्द्धन गर्नुका साथै फुटबलको विकासमा यस प्रतियोगिताले सघाउनेछ,' उनले भने,'प्रतियोगिताले सिंगै कास्की जिल्लाको ईज्जत र प्रतिष्ठा समेत बोकेको छ।'
पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा विकास गर्न प्रतियोगिताले भूमिका निर्वह गर्ने उनले बताए। २०५८ मा क्याराभान गोल्ड कपका नाममा सहाराले सुरु गरेको प्रतियोगिता त्यसको अर्को वर्षदेखि आहा गोल्डकपका नाममा हुन थालेको थियो।
सहारा एकेडेमीलाई विदेशिएकाको सहयोग
पोखरा, असोज २१ (नागरिक)- सहारा क्लवले पोखराको दोबिल्लामा निर्माण गरेको एकेडेमीका लागि विभिन्न ठाउबाट उठेको रकम आईतबार क्लबलाई हस्तान्तरण गरिएको छ।
वेलायतमा सहारा अभियान सञ्चालन गरिरहेको सहारा युकेका सल्लाहकार दीलिपकुमार गुरुङले आईतबार एक कार्यक्रमका बीच एकेडेमीका लागि संकलित ६ लाख ६३ हजार २ सय ८० रुपैयाँ क्लवका अध्यक्ष विक्रम थकालीलाई हस्तान्तरण गरे।
एकेडेमिका लागि वेलायत निवासी चन्द्रबहादुर गुरुङले २ लाख ५० हजार रुपैयाँ सहयोग थप गरेका छन्। उनले यसअघि ५० हजार रुपैयाँ दिइसकेका थिए। त्यस्तै वेलायतमै बसोवास गर्ने हरि श्रेष्ठले पनि २ लाख रुपैयाँ थपेका छन्। उनले यसअघि एक लाख रुपैयाँ सहयोग गरिसकेका छन्।
त्यस्तै चितवनका दिपक न्यौपानेले ५० हजार प्रदान गर्दा काठमाण्डौका खुनबहादुर गुरुङले ५० हजार रुपैयाँ थपेर सहयोग राशी एक लाख रुपैयाँ पुर्याएका छन्। वेलायत निवासी कृष्णदेव गुरुङ र तेजबहादुर गरुङ परिवारले ५०/५० हजार रुपैयाँ सघाएका छन्। यसैगरी वेलायतवासी स्वतन्त्र राजभण्डारीले १३ हजार २ सय ८० रुपैयाँ सघाएका छन्।
रकम हस्तान्तरणको अवसरमा सहारा युकेका सल्लाहकार गुरुङले सहाराको उपकारी कामका कारण फुटबल र समाज विकासमा ठूलो योगदान पूगेको बताउदै भविश्यमा पनि सहयोग निरन्तर राख्ने वचन दिए। सहारा युकेको पहलमा वेलायतवासी नेपालीबाट सहाराको एकेडेमीका लागि ५० लाखभन्दा बढि सहयोग जुटिसकेको कार्यक्रममा जानकारी गराईयो।
सहाराले अनाथ, असहाय तथा सडक वालकलाई एकेडेमीमा राखी फुटबल प्रशिक्षणका साथै शिक्षाको प्रवन्ध मिलाउने गरेको छ। सहारा युकेका सल्लाहकार गुरुङले सहाराको यही कामको कदर गर्दै सहयोग जारी राख्ने वताए।'एकेडेमीको भवन निर्माण कार्य सकिदैमा हामी सहयोग जुटाउने काम रोक्दैनौ। भवन बनाएर मात्र चुनौति सकिएको छैन, अव यसलाई व्यवस्थित रुपमा चलाउने अर्को झन ठूलो जिम्मेवारी छ। एकेडेमीलाई व्यवस्थित रुपमा चलाउन आगामी दिनमा पनि सवैको सहयोग जरुरी छ,' उनले भने,'त्यसलै हामी सहारालाई सघाउन सधै तत्पर रहनेछौं।'
सो अवसरमा क्लब अध्यक्ष विक्रम थकालीले सहारा युकेलाई धन्यवाद दिदै देश विदेशबाट आएका यस्ता सहयोगले आफुहरुलाई काम गर्न थप उर्जा प्रदान गर्ने बताए। सहारा एकेडेमी निर्माणमा सहारा युकेको भुमिका सवभन्दा महत्वपुर्ण रहेको बताउँदै अध्यक्ष थकालीले सहयोगदाता सवैमा आभार प्रकट गरे।