काठमाडौं, असोज २१- एमाओवादीले राजनीतिक सहमतिमै वर्तमान राजनीतिक सङ्कटको निकास निकाल्नुपर्नेमा जोड दिएको छ। संविधान सभाबाटै संविधान जारी गर्ने र पहिचानसहितको सङ्घीयता हुनुपर्ने पक्षमा एमाओवादी रहेको भन्दै यी विषयमा राजनीतिक सहमति गरेर अगाडि जानुपर्ने धारणा सो पार्टीले अघि सारेको छ।
आज पार्टी मुख्यालय पेरिसडाँडा कोटेश्वरमा आयोजित पार्टी प्रवक्ता-सञ्चारकर्मी नियमित भेटको अवसरमा पार्टी प्रवक्ता अग्नि सापकोटाले पछिल्ला दिनहरुमा दलहरुबीच भइरहेको छलफलले राजनीतिक निकासको आधार तयार हुँदै गएको बताए।
पछिल्ला दिनमा विशेष गरी नेपाली कांग्रेससँगको छलफललाई निरन्तरता दिइएको र कांग्रेस र एमाओवादीबीच एक खालको सहमति बनाउन सकियो भने अरु राजनीतिक दललाई पनि सहमतिमा ल्याउन सकिन्छ भन्ने ठहरका साथ छलफल भइरहेको प्रवक्ता सापकोटाले जानकारी दिए।
उनले भने, 'शान्ति सम्झौतामा हस्ताक्षरकर्ता दलको हैसियतले वर्तमान राजनीतिक सङ्कटको निकासका लागि एमाओवादी र कांग्रेसबीच नै प्रमुखरुपमा सहमति हुनुपर्छ भन्ने उद्देश्यका साथ छलफल भएको छ, छलफल एकदमै सकारात्मक दिशामा नै केन्द्रित भएको छ।'
संविधानको अन्तरवस्तुमा नेपाली कांग्रेस सहमत भए उसैलाई सरकारको नेतृत्व दिन कुनै समस्या नरहेको बताउँदै प्रवक्ता सापकोटाले संविधानको अन्तरवस्तुमा सहमति नगरी केवल सरकारको नेतृत्व मात्रै खोज्ने प्रवृत्ति सहमतिको बाधक भएको बताए। दलहरुबीच सहमति नभइकन वर्तमान प्रधानमन्त्रीले कुनै पनि हालतमा राजीनामा नगर्ने उनले स्पष्ट पारे।
एमाओवादीका पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री बन्ने कुरा अहिलेलाई असान्दर्भिक भएको उनको भनाइ थियो। 'अध्यक्ष प्रधानमन्त्री बन्ने भन्ने कुरा पार्टीमा छलफल पनि भएको छैन, निर्वाचनभन्दा अगाडि उहाँ प्रधानमन्त्री बन्ने कुरा उहाँले सोच्नुसमेत भएको छैन,' प्रवक्ता सापकोटाले भने।
वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ भन्नेमा आफ्नो पार्टी दृढ रहेको चर्चा गर्दै प्रवक्ता सापकोटाले कांग्रेस र नेकपा एमालेले सरकारको नेतृत्व खोज्नु कुनै पनि अर्थमा जायज नभएको बताए।
सत्य निरुपण तथा मेलमिलाप आयोग गठनमा नै पार्टीले जोड दिएको बताउँदै उनले मानवअधिकार उल्लङ्घनमा दोषी देखिएका नेपाली सेनाका अधिकृत राजु बस्नेतको बढुवाको सर्न्दभमा पार्टीले केही दिनमै आफ्नो धारणा सार्वजनिक गर्ने बताए।
राष्ट्रपति कार्यालयमा अड्केको सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी अध्यादेश तत्काल जारी गर्नुपर्नेमा उनहाँले जोड दिए। बेपत्ता पारिएका नागरिकका तर्फबाट बस्नेतको बढुवाको सर्न्दभमा पोखेको आक्रोश जायज भएको प्रवक्ता सापकोटाको भनाइ थियो।
दलहरु असोज मसान्तभित्रै राजनीतिक सहमति निकाल्ने गरी छलफलमा केन्द्रित रहेको पनि उनले बताए। रासस