राष्ट्रिय महिला क्रिकेटको उपाधि एपिएफलाई
१७ असोज २०६९
•
५ मिनेट पाठ
राष्ट्रिय महिला क्रिकेटको उपाधि एपिएफलाई
मनोज अधिकारी, पोखरा, असोज १७ - चौंथो संस्करणको वाइवाइ महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफले जितेको छ। पोखरा रंगशालामा आज सम्पन्न फाइनल खेलमा नेपालगञ्ज (क्षेत्र नम्बर ५) लाई ३४ रनले पराजित गर्दै एपिएफले उपाधि जितेको हो।




उपाधिसँगै एपिएफले नगद २५ हजार साथमा ट्रफि मेडल पुरस्कार प्राप्त गरेको छ। दोश्रो स्थानमै चित्त बुझाएको नेपालगञ्जले नगद १५ हजार साथमा ट्रफि मेडल पुरस्कार प्राप्त गर्यो।

नेपाल क्रिकेट संघ (क्यान) र क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नम्बर ८ पोखराद्वारा आयोजित प्रतियोगितामा कुल ९ टिम सहभागी थिए। तीमध्ये सशस्त्रको एपिएफ एक मात्र विभागिय टिम हो।

फाइनल खेलमा टस जितेर व्याटिङ गरेको एपिएफले निर्धारित पुरा २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १ सय १० रनको योगफल तयार पारेको थियो। एपिएफको तर्फबाट ३९ बलमा ६ चौका र १ छक्काको मद्दतमा ४१ रनको महत्वपूर्ण योगदान दिइन्। त्यस्तै सरिता मगरले अभिजित २२ रनको पारी खेलिन। नेपालगञ्जको बलिङ्तर्फ ममता चौधरी, रेखा बिसी र अन्जु केसीले समान एक-एक विकेट लिएका थिए।
जितका लागि १ सय ११ रनको लक्ष्य पछ्याएको नेपालगञ्जले पुरै ओभर खेले पनि ५ विकेटको क्षतिमा ७६ रन मात्रै बनाउन सक्यो।

नेपालगञ्जको तर्फबाट लक्ष्मी चौधरीले ३५ र तृष्णा सिंहले १७ रनको योगदान जोडे। टिमको भरपर्दो खेलाडी नेरी थापा रिटायर्ड हर्ट भएपछि उनीहरुको प्रदर्शन राम्रो हुन सकेन। व्याटको छेउमा लागेर उछिट्टिएको बलले उनको आँखामाथि चोट लागेको थियो। उनलाई तत्कालै उपचारका लागि सेवा असपताल अस्पताल लगिएको थियो। एपिएफको तर्फबाट सोनु खड्का र सरिता मगरले दुई-दुई विकेट लिए।
प्रतियोगितामा बैतडी की रोशनी बोहरा सवोत्कृष्ट खेलाडी घोषित भइन्। उनले नगद १० हजार साथमा ट्रफि पुरस्कार प्राप्त गरिन्। त्यसैगरी एपिएफ की सीता रानामगर बेष्ट ब्याट्सउमन तथा एपिएफकै सरिता मगर बेष्ट बलर भइन्। उनीहरुले जनही पाँच-पाँच हजार नगद र ट्रफि प्राप्त गरे।

प्रतियोगिताका विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद् परिषदका कोषाध्यक्ष इन्द्रबहादुर थिङ, क्यानका महासचिव अशोकनाथ प्याकुरेल, चौधरी ग्रुपको उत्पादन वाइवाइका एसिस्टेन जेनरल म्यानेजर लालबाबु प्रसाद, क्यान केन्द्रिय सदस्य दिवाकर घले, क्यानकै अर्का सदस्य अमितविर पाण्डे, सशस्त्र प्रहरी बल पश्चिमाञ्चल प्रमुख डिआइजी प्रेमकुमार शाही, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दिपक कोइराला, क्षेत्रीय क्रिकेट विकास समिति, क्षेत्र नम्बर ८ पोखराका सल्लाहकार डा.वीरेन्द्रसिंह गुरुङ लगायतले पुरस्कार वितरण गरे।

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता पहिलोपटक राजधानीबाहिर गरेको हो। यसअघिका तीनैवटा प्रतियोगिता राजधानीमा भएका थिए। प्रतियोगितामा बिराटनगर (क्षेत्र नम्बर १), वीरगञ्ज (क्षेत्र नम्बर २), काठमाडौं (क्षेत्र नम्बर ३), भैरहवा (क्षेत्र नम्बर ४), नेपालगञ्ज (क्षेत्र नम्बर ५), बैतडी (क्षेत्र नम्बर ६), जनकपुर (क्षेत्र नम्बर ७), पोखरा (क्षेत्र नम्बर ८) र सशस्त्र प्रहरीको एपिएफ टिम सहभागी थिए। ती टिमलाई समूह 'ए' मा चार र समूह 'बी' मा पाँच गरी विभाजन गरिएको थियो।

क्यान कास्कीका उपाध्यक्ष एवं क्षेत्र नम्बर ८ पोखराका अध्यक्ष देवेन्द्र प्रजुकाअनुसार आगामी अक्टोबर २२ देखि चीनको ग्वाङ्झाओ शहरमा हुने टी-२० महिला क्रिकेट प्रतियोगिताका लागि यो छनोट खेल हो।
अर्को समाचार
प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपिएफलाई
११ असार २०७६
•
१ मिनेट पाठ
प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपिएफलाई
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेपछि खुशियाली मनाउँदै शसस्त्र प्रहरीको एपीएफ क्लबका खेलाडी । तस्बिरः रासस
कञ्चनपुर – भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ।




आज बिहान घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई छ विकेटले पराजित गर्दै एपिएफले सो उपाधि जितेको हो । टस जितेर फिल्डिङ रोजेको एपिएफले निर्धारित २० ओभरको खेल ७१ रनमा समेटेको थियो।

बहत्तर रनको विजय लक्ष्य पाएको एपिएफले १४ ओभरमा चार विकेटको क्षतिसहित ७४ रन बनाउन सफल भयो। सेमिफाइनल खेल वर्षाका कारण अवरुद्ध भएपछि सुदूरपश्चिमले प्रदेश नं २ सित अङ्क बाँडेर अन्तिम चरणको खोलमा प्रवेश गरेको थियो भने एपिएफ सेमिफाइनलमा प्रदेश नं १ लाई हराउँदै समूह ‘बी’बाट अन्तिम चरणमा  पुगेको थियो।

प्रतियोगितामा सात प्रदेश र विभागीय एपिएफ गरी आठ टोली सहभागी थिए। वर्षाका कारण चार खेलमा असर परेको थियो। उपाधि विजेता टोलीले  रु चार लाख पुरस्कार पाउनेछ भने  दोस्रो हुनेले रु तीन लाख र तेस्रो हुनेले रु दुई लाख पुरस्कार पाउने आयोजकले जनाएको छ।रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस