अजित तिवारी, विराटनगर साउन २१ (नागरिक)- क्रिकेटको क्रिच र फुटबलको मैदानमा सधै कुद्ने खेलाडी सडकमै आएर खेल अभ्यास गरेको देखेपछि विराटनगरवासी छक्क परे ।
खेलमैदान वा क्रिचको अभावमा यसरी खेलाडी सडकमै आएर अभ्यास गरेको होइनन्, उनीहरुले आफ्ना अधिकारका लागि सरकारको ध्यानाकर्षण गराउन सडक संघर्ष सुरु गरेका हुन् ।
११ सूत्रीय माग राख्दै मोरङका खेलाडी एक महिनादेखि आन्दोलित छन् । पेशागत आर्थिक र समाजिक सुरक्षाको माग गर्दै मोरङका खेलाडीले आन्दोलनको पहिलो चरणमा सडकमै खेलकुद समग्री प्रदर्शन गरेर विरोध जनाएका छन् ।
११ बुँदे मागमा नयाँ संविधान लेखनमा १० प्रतिशत खेलाडीको प्रतिनिधित्व हुनुपर्ने, खेलाडी र उनका छोराछोरीलाई निजामती सेवामा २५ प्रतिशत, प्रहरी सेवामा २५ प्रतिशत, वित्तीय संस्था वा संस्थानमा १० प्रतिशत तथा महिला खेलाडीलाई सरकारको सबै अंगमा रोजगारीको व्यवस्था हुनुपर्नेछ । खेलाडीको मनोबल उच्च राख्न बजेटमा ३५ प्रतिशत खेलकुदमा लगानी गर्न भनेका थियौं’- खेलकुद प्रशिक्षक उमालाल यादवले नागरिकसित भने ।
अन्तर्राष्ट्रिय खेलाडी अशक्त हुँदा वा खेल्दाखेल्दै उमेर हद नाघेर लाचार अवस्थामा पुगेकालाई अनिवार्य जागिरको व्यवस्था र साथै निजामती कर्मचारी सरह खाईपाई आएको सेवा सुविधा र पेन्सनको व्यवस्था हुनुपर्ने खेलाडीको माग छ । मोरङमा मात्रै ५ हजारभन्दा बढी खेलाडी छन् । 'हामी खेलाडीको अधिकारबारे कसैले नबोलिदिएपछि बाध्य भएर सडकमा आएका हौं’- कबडीका प्रशिक्षक उपेन्द्र यादवले नागरिकसित भने ।
प्रयोजक वा दाताको भरमा खेलकुद गतिविधि गर्दै आएका खेलाडीले जिल्ला विकास समिति, नगरपालिका र गाउँ विकास समितिले कुल बजेटको १० प्रतिशत खेलकुदको विकासका लागि छुट्टयाउनुपर्ने खेलाडीको माग पनि उनीहरुको छ । उक्त माग पूरा गराउन खेलाडीले प्रधानमन्त्रीदेखि लिएर गाविस सचिवसम्मलाई ज्ञापनपत्र बुझाइसकेको छ ।