महेश्वर चामलिङ राई, उदयपुर, असोज १० - नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा पुनर्स्थापना हुनुपर्ने बताएका छन्। सदरमुकाम गाईघाटमा नेपाल प्रेस युनियनद्वारा आज आयोजित पत्रकार सम्मेलनमा देउवाले वर्तमान अन्यौलताको निकास चुनावबाट मात्र सम्भव हुने बताए ।
उनले चुनावका लागि अन्तरिम संविधान संशोधन गर्न पनि संविधानसभा पुनर्स्थापना गर्नै पर्ने उल्लेख गरे ।
'अहिलेको समस्या टार्न चुनाव नै गराउनुपर्ने भएपनि संविधान संशोधन नगरी संवैधानिक जटिलता हट्दैन' उनले भने, 'संविधान संशोधन गर्न संविधानसभाको पुनस्थापना गर्नैपर्छ।' उनले संविधानसभाको पुनस्थापना छोटो अवधिका लागि गर्नुपर्ने र त्यसले व्यवस्थापिका संसदको काम गर्न मात्र पाउने व्यवस्था गरिनुपर्ने बताए।
नेपाली कांग्रेस संघीयताविरोधी नभएको प्रष्ट पार्दै उनले ११ प्रदेशको संघीयतामा यसअघि नै कुरा मिलिसकेको देउवाले बताए। ११ प्रदेश भएमा सबै जातजाति र भुगोलको कुरा मिल्ने बताउँदै देउवाले माओवादीले भनेजस्तो संघीयता भने हुन नहुने बताए। 'यसअघि नै दलहरुबीच ११ प्रदेश बनाउने कुरा टुंगो लागिसकेको छ, त्यसले सबैको माग पूरा गर्छ,' उनले भने, 'तर, माओवादीले भनेजस्तै संघीयता र संविधान बनाउने कुरामा कांग्रेस सहमत छैन।'
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीनामा दिने छाँट नदेखिएकाले सडक संघर्षबाटै हटाउनुपर्ने आवश्यक्ता उनले औंल्याए। भट्टराईले नैतिकताको आधारमा राजीनामा दिएको भए निकास निकाल्न सजिलो हुने भएपनि कुनै हालतमा राजीनामा दिने सम्भावना नरहेकाले सडक संघर्षलाई व्यापक बनाउनुपर्ने आवश्यक्ता उनले औंल्याए। जनताको शक्ति अपार हुने बताउँदै उनले जनताबाटै यो सरकार हटाउन संघर्ष सुरु गर्नुपर्ने बताए 'राणा र राजालाई त सडक संघर्षबाट हटाइयो भने यो सरकार कुन ठूलो कुरा हो र?' भट्टराई सरकारले राजीनामा दिए आधाघण्टाभित्र प्रधानमन्त्रीको उम्मेदवार कांग्रेसले तय गर्ने उनको भनाइ थियो।
पार्टीनिकट नेपाल महिला संघ केन्द्रीय समितिको आयोजनामा सञ्चालन भएको सगरमाथा अञ्चलस्तरीय महिला कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन मंगलबार दिउसो देउवा गाईघाट आएका हुन्। त्रियुगा नगरपालिका १५ राजाबासस्थित महिला पुनस्थापना केन्द्र राजाबासमा बुधबारसम्म प्रशिक्षण जारी रहेको छ। प्रशिक्षण कार्यक्रममा सगरमाथाका छ वटै जिल्लाबाट सयजना जिल्लास्तरीय महिला कार्यकर्ताको सहभागिता रहेको पार्टी सभापति हिमाल कार्कीले बताएका छन्।
यसैगरी सुनसरी संवाददाता अमर खड्काका अनुसार सदरमुकाम इनरुवामा आजै भएको अर्को पत्रकार सम्मलेनमा देउवाले गिरिजाप्रसाद कोइरालापछि ठूलो नेता आफैँ भएको दाबी गरेका छन् । उनले पार्टी जुट्न भन्दा पहिला आफू पनि सभापति भएको र पार्टी जुटेपछि गिरिजा पछि आफैँ बरिष्ठ नेता भएको दावी गरे ।
उनले सबै दल कांग्रेस नेतृत्वमा सरकार बनाउन राजी भए एक मिनेट भत्रै सरकारको प्रधानमन्त्री को बन्ने भन्ने छिनोफानो हुने पनि बताए । उनले भने, 'कांग्रेस भित्र कस्ले लिने भन्ने विवादै छैन ।'