विनोद पाण्डे, काठमाडौं, असोज ५ - स्पिनर राहुल बिक र तीब्र बलर चन्द्र साउद एसिसी ट्रफी खेल्न युएई नजाने भएका छन्। चोटका कारण दुवैले अक्टोबर ३ देखि १२ सम्म हुने प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएका हुन्।
राहुल र चन्द्र दुवैले मलेसियामा भर्खरै सम्पन्न विश्व क्रिकेट लिग डिभिजन ४ मा पनि एउटै खेल खेल्न सकेका थिएनन्। ढाड दुखेका कारण राहुल नखेल्ने भएका हुन्। चन्द्रको देब्रे हात राम्रोसँग उचाल्न पनि मिल्दैन। उनलाई दुई महिनासम्म राम्रो उपचार गराएपछि मात्र खेलमा फर्कन सक्ने चिकित्सकले बताएका छन्। 'फिट हुन केही समय लाग्ने भएकाले जोखिम नलिएको हुँ,' चन्द्रले नागरिकसँग भने।
श्रीलंकामा दुई साता अभ्यास गरी मलेसिया पुगेको भोलिपल्ट बलिङ गर्दा चन्द्रलाई काँधमा चोट लागेको थियो। उनले ५० ओभरको खेलमा नेपालबाट 'डेब्यु' गर्न अझै बाँकी छ। नयाँ प्रशिक्षक पुबुदु दासानायके आएपछि उनलाई मार्चमा युएईमै सम्पन्न विश्व ट्वान्टी-२० छनोटमा पहिलोपटक नेपाली राष्ट्रिय टोलीमा राखेका थिए। हङकङसँगको पहिलो खेलमै ४ विकेट लिएका उनले प्रतियोगितामा कुल १० विकेट लिएका थिए।
अस्ट्रेलियामा सम्पन्न आइसिसी यु-१९ विश्वकपका क्रममा राहुललाई ढाडमा चोट लागेको हो। 'एसिसी ट्रफीमा खेल्न नसक्ने जानकारी मैले प्रशिक्षकलाई गराइसकेको छु,' राहुलले भने, 'अहिले तत्कालै खेल्यो भने फेरि बल्भि्कने सम्भावना हुन्छ। त्यसैले नखेल्ने निर्णय गरेको हुँ। फिल्डिङ गर्दा धेरै दुख्छ। उपचार गराइरहेको छु। १५-२० दिनमा ठीक हुन्छु होला।'
वैकल्पिक खेलाडीको सूचीमा विनोद भण्डारी, कृष्ण कार्की, भुवन कार्की र अविनाश कर्ण छन्। ज्वरोका कारण मध्यम गतिका बलर अविनाश बन्द प्रशिक्षणमा समावेश छैनन्। चन्द्र र राहुलको अनुपस्थितिमा विनोद भण्डारी र भुवन टोलीमा पर्ने सम्भावना बढी हुने क्यान सूत्रले जनाएको छ। नेपाली टोलीको भिसा आवेदन दिइसके पनि अझै आइपुगेको छैन। चन्द्र र राहुल नखेल्ने भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले वैकल्पिक खेलाडीको पनि भिसा आवेदन तयारी सुरु गरेको छ। प्रशिक्षक दासानायकेको सिफारिसमा अछामका यज्ञमान कुमाल नेपाली टोलीसँगै बन्द प्रशिक्षणमा छन्। तर पासपोर्ट नभएका कारण उनी युएई जाने सम्भावनामै छैनन्।
वर्षाका कारण बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीले अझै अभ्यास गर्न पाएको छैन। जिममै नेपाली टोली सीमित छ। प्रशिक्षक दासानायकेको आग्रहमा नेपालले एक साता श्रीलंकामा तयारी गरी युएई जाने तालिका पनि बनाएको छ। तर श्रीलंका हुँदै जाने अझै निश्चित नभएको सूत्रले जनाएको छ।